धनकुटाको रमाइलो घुम्तिमा बस दुर्घटना, १८ जना घाइते

0
203

असार २२, २०७५ धनकुटा/ धनकुटा नगरपालिका–७ स्थित रमाइलो घुम्तीमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। हिलेबाट धरान जाँदै गरेको को १ ख २८४७ नम्बरको माइक्रोबस शुक्रबार बिहान करिब साढे ८ बजे ब्रेक फेल भएर रमाइलो घुम्तीमा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते हुनेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। धनकुटा– ६ की ५० वर्षीया कमला भुजेल र पाख्रिबास नगरपालिका– ५ का १८ वर्षीय सुरज तामाङ गम्भीर घाइते भएको प्रहरीले बताएको हो।

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनीहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए। अन्य १६ जनाकोउपचार जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here