सरकारले युद्धको खुल्ला निम्तो पठाएको छ –कांग्रेस

0
216

२१ असार, २०७५ काठमाडौं/ सरकारका पछिल्ला गतिविधिलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस थप आक्रोषित बनेको छ । हिजो मात्रै संसदीय दलको बैठक बसेर सदन, सडक र संचारमाध्यमबाट समेत आक्रमक रुपमा प्रस्तुत हुने निर्णय गरेको काँग्रेसले आज पत्रकार सम्मेलन गरि थप आक्रमक अभिव्यक्ती दिएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी कार्यालय सानेपामा आज पत्रकार सम्मेलनगरि सरकारले द्धन्दका लागि प्रतिपक्षलाई खुल्ला आमन्त्रण गरेको दावी गरे । अघिल्लो आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका बैधानिक निर्णयहरुलाई उल्टाएर यो सरकारले विपक्षलाई द्धन्दका लागि आमन्त्रण गरेको प्रवक्ता शर्माले बताए । प्रधानमन्त्री केपी शर्मा ओली प्रति आक्रमक हुदै शर्माले भने, ‘उहाँ कामरेड केपी ओली नभएर, कामरेड ‘मनोपोली’ भन्ने जस्तो गरि स्थापित गरेको उहाँको व्यवहारले देखाएको टिप्पणी गर्न चाहान्छु ।’ शर्माले अघिल्लो सरकारले निर्वाचन आचारसंहिता लागु भएपनि निर्वाचन आयोगसँग परामर्श गरेर सम्बन्धीत संस्थाको ऐन अनुरुप नियुक्ती गरेको दावी गरे ।

डा गोविन्द केसीका विषयमा सरकारले दिएको रवैया समेत ठिक नभएको उनले बताए । अघिल्लो सरकारले ल्याएको प्रतिस्थापन विधेयकलाई फिर्ता लिएर संशोधन गर्नु उचित नहुने बताए । प्रवक्त शर्माले भने, ‘सरकारले आफ्नो व्यवहार नसच्याए कांग्रेस चौतर्फी रुपमा संसद, सडक, संचार माध्यम, सामाजिक संजाल र सत्याग्रह थाल्ने छौं ।’ ‘संसदमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने कुरा लत्याएको, रत्नपार्क लगायतका स्थानमा विरोध प्रदर्शन गर्न नदिने निर्णय, संचार माध्यममा हस्तक्षेप, न्यायलयको अपमान गरेको लगायतका निर्णयले यो सरकारले ‘मुखमा लोकतन्त्रको रामराम, बगलीमा स्टालिनबाद’को धङधङी प्रस्तुत गरिरहेको अनुभव हामीले गरेका छौं’ उनले भने ।

सरकार सच्चिनु पर्ने नसच्चिए सरकारको यात्रामा गडबडी शुरु हुने चेतावनी समेत प्रवक्ता शर्माले दिए । ‘अहिलेको सरकार माओवादको पट्रोल र बहुदलीय जनवादको डिजेट प्रयोग गरिएको गाडी जस्तै हो’ शर्माले भने, ‘दुर्घटना हुन सक्छ बाटोमा ट्राफिक बनेर हामी सिट्ठी बजाउछौं ।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here