विमल र विशाल राई रिहा भए लगतै पक्राउ

0
597

असार २२, २०७५ इलाम/ प्रहरीले जिल्ला प्रशासन कार्यालय झापामा धरौटीमा रिहा भएका नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकतालाई पुनः नियन्त्रणमा लिएको छ।

प्रहरीले स्वास्थ्य परिक्षण गर्ने भन्दै दुवै जनालाई प्रशासन कार्यालय परिसर भित्रैबाट बिहीवार बेलुका नियन्त्रणमा लिएको हो। इलाम नगरपालिका १ नेपालटार निवासी ३० वर्षीय विमल राई र सोही ठाउँ बस्ने २८ वर्षीय विशाल राई १ सय १० दिन मेची अञ्चलका विभिन्न प्रहरी कार्यालयमा हिरासतमा बसेर बिहीवार एक हजार धरौटी रिहा भएका थिए।

रिहा भई हत्कडी बिना बाहिर निस्किदै गरेको अवस्थामा प्रहरी निरीक्षकसहितको प्रहरी टोलीले दुवै जनालाई पुनः नियन्त्रणमा लिएको हो। रिहापछि पत्रकारसँग कुराकानी गर्न आफन्तजनले पत्रकार बोलाएपनि पत्रकारकै अगाडी उनीहरुलाई जबरजस्ती नियन्त्रणमा लिएर गएका हुन्। गत चैत १५ गते घरबाटै पक्राउ परेका उनीहरुलाई प्रहरीले पाँचथर, ताप्लेजुङ हुँदै झापाको इलाका प्रहरी कार्यालय धुलावारीमा २७ दिन हिरासतमा राखेका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले भने, ‘हिरासतमा रहेको सरसामान जिम्मा लगाउन प्रहरीले नियन्त्रणमा लिएको हो।’ धरौटी बुझाइ रिहा भई सकेकालाई पक्राउ गर्न नमिल्ने बताउँदै उनले भने, ‘अरु जिल्लामा उनीहरु माथि मुद्दा लागेमा प्रहरीले नियन्त्रणमा लिन सक्छ।’ उनीहरुलाई विप्लव समर्थकको आरोप मात्र लगाइएकोले उनीहरु निर्दोश हुँदा हुँदै पटक पटक समाउनु गलत भएको परिवार पक्षको दावी छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here