९२ बर्षीया आमालाई बृद्धाश्रम पठाउन खोज्दा छोरालाई गोली

0
201

२१ असार, २०७५ एजेन्सी / अमेरिकामा एक ९२ बर्षीया आमाले आफ्नो ७२ बर्षीय आफ्नै छोरालाई गोली हानेर हत्या गरेकी छिन् । प्रहरीका अनुसार, छोराले आमालाई वृद्धाश्रम पठाउन चाहान्थे । आमालाई छोराको यो आशय यति नराम्रो लाग्यो, रिसको झोकमा छोरालाई गोली मारिन् । यो घटना अमेरिकाको म्यारिकोपा काउन्टीको फोउन्टेन हिल्स शहरमा २ जुलाईको बिहान भएको हो । घटनापछि आमा एना मे ब्लेसिङ्गले भनिन्, ‘तिमीले मेरो जिन्दगी खोस्यौ, म तिम्रो जिन्दगी खोस्दैछु ।’ एना आफ्नो छोरा र छाेराकी प्रेमिकासँग बस्थिन् । उनले छोरालाई गोली हानेपछि आफूलाई पनि खतम गर्न चाहेको प्रहरीलाई बताइन् । ब्लेसिङ्गका छोरा जसको नाम अहिले सार्वजनिक गरिएको छैन, आमा घर छोडेर वृद्धाश्रममा जाओस् भन्ने उनी चाहान्थे ।

किनकि, आमासँग बस्न उनलाई गाह्रो लाग्न थालेको थियो । प्रहरीका अनुसार, ब्लेसिङ्गले गोजीमा दुई वटा गोली भरेको पेस्तोल बोकिन् र आफ्नो छोराको कोठामा पसिन् । वादविवादका दौरान एना मे ब्लेसिङ्गले सन् १९७० मा किनेको आफ्नो पेस्तोल निकालिन् र दुई वटा गोली छोरालाई हानिन् । प्रहरी घटनास्थल पुग्दा छोराको मृत्यु भइसकेको थियो । उनको घाँटी र बंगरामा गोली लागेको थियो । छोराको हत्यापछि आमा ब्लेसिङ्गले उनकी ५७ बर्षीय प्रेमिकालाई पेस्तोल ताकिन्, तर उनी आफूलाई बचाउन सफल भइन् । दुवैबीच हाताहात हुँदा पेस्तोल एक कुनमा उछिट्टियो ।

त्यसपछि फेरि ब्लेसिङ्गले आफ्नो अर्को पेस्तोल निकालिन्, जुन पेस्तोल सन् १९७०मा उनका पतिले दिएको प्रहरीलाई बताइन् । तर, उनका छोराकी प्रेमिका यस पटक पनि बच्न सफल बनिन् । उनी त्यहाँबाट भागिन् र प्रहरीलाई खबर गरिन् ।

प्रहरी घटनास्थल पुग्दा ब्लेसिङ्ग आफ्नो कोठाको एक कुर्सीमा बसेकी थिइन् । उनले प्रहरीलाई यस अपराधका लागि मृत्युको सजाय मिल्नु पर्ने बताइन् । उनीमाथि हत्या र अपहरण मुद्दा दर्ता गरिएको छ । तारिखका लागि अदालतले ५ लाख डलरको रकम तय गरेको बताइएको छ । –बीबीसी

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here