वर्षासँगै इलाममा पहिरो

0
258

इलाम / वर्षाका कारण इलामका कतिपय स्थानहरुमा पहिरोको जोखिम बढ्न थालेको छ । लगातारको वर्षाका कारण मेची राजमार्गका कतिपय स्थानहरुमा सामान्य पहिरो गएको छ । मेची राजमार्गको इलामको भालुखोपमा केहि दिन अगाडि गएको पहिरोका कारण सडक अवरोद्ध भएको थियो ।

सडको छेउ भागमा गएको पहिरोका कारण ठूला ठूला सवारी साधनलाई समस्या भएतापनि शसस्त्र प्रहरि बल आइतबारेले पहिरो गएको स्थानमा ढुंगा तथा मुडा राखेर यातायातका साधनहरुलाई जोखिम स्थानको जानकारी दिएको छ ।

यस्तै सूर्याेदय नगरपालिका वार्ड नम्बर १२ स्थित राम बहादुर राईको घरदेखि १५ मिटरमा रहेको बाँसको सेन्टर बेरा भएको भान्सा र पक्की सौचालय क्षति हुने प्रहरीले जनाएको छ । यसले गर्दा जर्सिङ गाँउको अम्लिसे जाने बाटो अवरोध भएको छ ।

पहाडी क्षेत्र इलाम जिल्लाका ग्रामिण वस्तिहरुमा समेत पहिरोको त्रास बढेको छ । इलाममा पहिरोको धेरै जोखिम क्षेत्र कोलबुङ,शान्तिपुर,गोदक,उत्तरी नयाँबजार,प्याङ रहेता पनि क्षति भने भैसकेको छैन ।

लगातार परेको पानीका कारण बाटो हिलो हुने र यातायातका साधन थन्किने समस्या भने वर्षा सुरु भएसगैँ आएको तर पहिरोका कारण सामान्य क्षति बाहेक भौतिक तथा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here