किन पर्यो धनकुटा नगरपालिका कालोसूचीमा ?

0
286

धनकुटा, २० असार/  धनकुटा नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रका ग्राहकले महशुल नबुझाएपछि लाइन काट्न थालिएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा बक्यौता रहेको एक करोड १७ लाख ४४ हजार रुपैँया महशुल नबुझाएकाले विद्युत लाइन काट्न थालिएको नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाका प्रमुख पवनकुमार शाहले बताए । विद्युत महशुल नबुझाएको भन्दै जिल्लामा कूल ४०७ ग्राहकको लाइन काटिएछ ।

धनकुटा नगरपालिकासहित शाखाको कालोसूचीमा रहेका ७७ ग्राहकबाट छ लाख ३८ हजार रुपैँया रकम उठ्न बाँकी छ । असार मसान्तसम्ममा शुल्क नबुझाएमा लाइन काटिने शाहले बताए । नगरपालिकाको महसुलबापतको २५ लाख रुपैँया भन्दा बढी रकम तिर्न बाँकी छ ।

पछिल्लो समय महशुल नबुझाउने ग्राहकको संख्या बढ्दै गएको छ । महसुल बुझाउन ताकेता गर्दासमेत महसुल नबुझाउने सरकारी कार्यालय, विभिन्न संघसंस्था र व्यक्तिको लाइन काट्न शुरु गरेपछि ग्राहकले महसुल बुझाउन थालेको प्राधिकरणले जनाएको छ ।

विगत पाँच वर्षदेखि महशुल नतिरेका जिल्ला हुलाक कार्यालय, महिला तथा बालबालिका कार्यालय तथा इलाका प्रहरी कार्यालय राजारानीले बक्यौता रकम जरिवानासहित बुझाएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here