क्याम्पस प्रमुखलाई हातपात गरेर उल्टो अभियोग लगाउने बिद्यार्थी नेता भण्डारी क्याम्पसबाट निकालिए

0
498

दमक,असार १८/ विद्यार्थीले क्याम्पस प्रमुख माथि हातपात गरेको भन्दै झापाको दमक बहुमुखी क्याम्पसले एक जना विद्यार्थी नेतालाई निष्कासन गरेको छ ।
केहि दिन अघि क्याम्पस प्रमुख उत्तम भट्टराईमाथि क्याम्पसकै स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) सचिव रोशन भण्डारीले हातपात गरेको भन्दै भण्डारीलाइ क्याम्पसबाट निस्कासन गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पसका प्राध्यापकसहितको संयुक्त बैठकले स्नातक दोश्रो वर्षमा अध्ययनरत स्ववियू सचिव भण्डारीले क्याम्पसको शैक्षिक वातावरणमा खलल पुर्याएको, क्याम्पसको आचारसंहिता उल्लङघन गरेको ठहर गरि निष्कासनसहितको कारवाही गरिएको क्याम्पसद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
क्याम्पस प्रमुख भट्टराईले सार्वजनिक सूचना निकालेर भण्डारीलाई क्याम्पसको विधान २०५० शंसोधन २०६३ को परिच्छेद १६ को दफा बमोजिम भविष्यमा समेत अयोग्य ठहरिने गरि क्याम्पसबाट निष्कासन गरिएको जानकारी दिए ।
भण्डारीले क्याम्पसमा सञ्चालित परिक्षामा आफूलाई जसरी भएपनि पास गराइदिन सहयोग पुर्याईदिन भनेको र त्यसलाई अस्वीकार गर्दा क्याम्पस प्रमुख भट्टराईमाथिनै हातपात गरेको भनिएको छ ।
गत शुक्रबार विहान क्याम्पसमा भएको सो घटनापछि दुवै पक्षले एकअर्कालाई अभियोग लगाउदै प्रशासनमा मुद्धा जाहेर गरेका थिए । क्याम्पस प्रमुख भट्टराईले शुक्रवार नै इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि छानविन शुरु भएको थियो ।
तर, विद्यार्थी नेता भण्डारीले भने आफूमाथि क्याम्पस प्रमुख भट्टराईले क्याम्पसको विकृतिको विषय उठाउदाँ उल्टै हातपात गरेको आरोप लगाएका थिए ।
घटनाको विषयमा छानविन गरी दोषीलाई कार्वाही गर्न विद्यार्थी संगठनहरुले माग गर्दै आएका थिए ।
यसैवीच दमक क्याम्पसका स्ववियू सभापति विनोद चापागाईले क्याम्पसमा भएको यस घटनाको सत्य, तथ्य छानविन गर्न माग गरेका थिए । क्याम्पस प्रमुख र स्ववियू पदाधिकारीवीच यसरी लफडा हुनु शोभनीय नहुने भन्दै स्ववियु सभापती चापागाईंले उचित ढंगले यसलाई समाधान गर्नुपर्ने माग गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here