स्कारपियो दुर्घट्ना ६ को मृत्यु

0
291

इटहरी / सुनसरीको कोशी गाउँपालिका वडानम्बर ४ मा पर्ने कोशी कटान क्षेत्रमा सोमबार राती भारतीय स्कारपियो दुर्घट्ना हुदा ६ जना भारतीय पर्यटकहरुको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तिर जादै गरेका स्कारपियो कटान भएको क्षेत्रमा पल्टदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाईते छन । २ जना मृतकको सनाखत भए पनि बाँकीको सनाखत हुन सकेको छकैन ।
सोमबार धरान भेडेटार लगायतका क्षेत्रमा रमाईलो गरेर फर्कने क्रममा बिआर ६ पिबि ६४१८ नं. को स्कारपियो करीब साडे ९ बजे कटान क्षेत्रमा पल्टिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । मृत्यु हुनेमा सपौल जिल्लाका ४० बर्षिय संजित कुमार र सपौलकै गोनु कुमारको सनाखत भईसके पनि बाँकी ४ जनाको सनाखत हुन नसकेको जिल्ला प्हरी कार्यलय सुनसरीका डिएसपी नारायाण चिमरियाले बताए ।
मृतक ३ जनाको शब जिल्ला अस्पताल सुनसरीमा र ३ जना, संञ्जिबिनि अस्पताल विराटनगरमा राखिएको छ भने बाँकी ३ जना घाईतेलाई पनि संञ्जिबिनि अस्पताल विराटनगरमा राखिएको प्रहरीले बताएको छ । आफन्तहरु सम्पर्कमा नआएको कारण मृतकहरुको सनाखत हुन ढिला भईरहेको छ डिएसपी चिमरियाले भने ।
पूर्वी नेपालमा दुई दिन देखि अत्याधिक बर्षा भएको र भारतीय पर्यटकहरु मादक पदार्थ सेवन स्कारपियो चलाउँदा दुर्घट्ना भएको हुन सक्ने प्रहरीले जनाएको छ । कोशी कटान क्षेत्रमा हाईवेयमा समेत पानी भएको कारण यातायात सञ्चालनमा समेत कठिनाई भईरहेको प्रहरी बताउँछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here