दमकका मेयर रोम ओलीको गाडीमा बम

0
608

जेठ ३१, दमक, / दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई लक्षित गरेर बम प्रहार भएको छ । बम प्रहारबाट मानविय क्षति नभएपनि सुरक्षामाथि चुनौती देखिएको छ । बुधवार बेलुका नगरपालिकाबाट घर फर्किने क्रममा मोटरसाइकलमा आएका अज्ञात ब्याक्तिले बेलडाँगी रोड क्रस गर्ने क्रममा गाडीभित्र बम फ्याकेको आशंका भएपछि प्रहरीलाई खवर गरिएको थियो । सुरक्षाको डिस्पोज टोलीले सो बमलाई विहिवार विहान ओली निवास छेउको बारीमा डिस्पोज गराएको छ ।
डिस्पोज गराइएको बममा १ किलो जेटोनेटर, चुम्वकीय बस्तु र खतरनाक मानिने धातुका टुक्राहरु रहेको डिस्पोज टोलीले जनाएको छ ।
गाडीमा बमजस्तो बस्तु देखिएपछि तत्काल सुरक्षा टोलीलाई जानकारी गराएको परिवार श्रोतले जनाएको छ । मेयर ओली प्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित निवासमा बस्दै आएका छन् ।
घटनालाई निन्दनीय भन्दै राष्ट्रिय मानब अधिकार प्रतिष्ठान झापा शाखाले विज्ञाप्ती मार्फत आतंकित कृयाकलाप बन्द गर्न आग्रह गरेको छ । शाखाका अध्यक्ष डा. नविन चापागाईं, बरिष्ठ उपाध्यक्ष धनन्जय बाँस्कोटा र सचिव नविन योगीको संयूक्त हस्ताक्षर रहेको विज्ञाप्तीमा घटनाको घोर भत्सर्ना र नीन्दा गरिएको छ , उल्लेख छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here