जैवीक प्रणालीबाट तटबन्धन गरेपछि खेती जोगाउन सहज

0
183

जेठ २६ दमक/ झापामा खोलाको कटान रोक्न जैविक विधि अपनाइएको छ । वर्षेनी रतुवा खोलाको डुवान र कटान हुँदै आएको झापाको कमल गाउँपालिका ५ स्थित गुहेश्वरीमा जैवीक प्रणालीबाट तटबन्धन गरिएको हो ।
बाँस गाडेर करिब ११ सय फुट लामो तटबन्धन गरिएको हो । जेनेरेटरको माध्यमबाट पाइप गाडी सोही ठाउँमा सिंगो बाँस नै गाडेर जालीको स्वरुप दिइएको हो । निर्माण उपभोक्ता समितिका अध्यक्ष गोविन्द खनालले यस प्रकारको बाँध कंक्रिट भन्दा पनि भरपर्दाे र वातावरणमैत्री हुने बताए ।
टबन्धनसँगै स्थानीयवासीको करिव २०० बिगाहा जमिन पनि कटानबाट जोगिनेमा स्थानीय आशावादी छन् । स्थानीय लालबहादुर बिष्टले भने , ‘धनीपूर्जा दराजमा राखेर आफ्नो जग्गामा चाहिँ खोलो कुदेको हेरेर बस्नुपर्ने अवस्था छ । यो प्रकारको बाँधले चाहिँ खेत उक्सिएला कि जस्तो लागेको छ ।’ रतुवाको पश्चिम दमकतर्फ धमाधम बाँध बाँधिने तर पूर्वतर्फ खुल्ला रहेका कारण पूर्वी किनारामा वर्षेनी रतुवाको कटान बढेको स्थानीय इन्द्रप्रसाद आचार्यले बताए । सो तटबन्धन निर्माण समितिका सचिव समेत रहनुभएका आचार्यले स्थानीयबासीको नम्बरी जग्गा उकास हुने, १०० परिवार रहेको बस्ती जोगिने र खोला समेत निर्वाध ढंगबाट बग्ने गरी दिगो समाधान खोजिन आवश्यक रहेको बताएका छन् । कमल ५ का वडाध्यक्ष डम्बर निरौलाले स्थानीय स्रोत साधनले भ्याएसम्म खोलाहरूको कटान र डुवान नियन्त्रणका लागि कार्य गर्दै आएको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here