दमक श्रेत्रमा आँप खेतीको सम्भाब्यता

0
298

दमक/ दमक नगरपालिकाले दमक क्षेत्रमा आँप खेती सम्बन्धि संभाव्यता अध्ययन सुरु गरेको छ । नगरपालिकामा व्यवसायिक आँप खेती गर्नको लागि अध्ययन प्रतिवेदन विहिवार नगर प्रमुख रोमनाथ ओली समक्ष बुझाईएको हो ।
बागबानी बिकाश अधिकृत जयप्रसाद उप्रेतीले तयार गरेको आँप खेतीको अध्यायन प्रतिवेदन नगर प्रमुखलाई बुझाईएको हो । प्रतिवेदनमा आँप खेतीको लागी सम्भावना धेरै रहेकोले मनग्य आम्दानी गर्न सकिने उप्रतीले बताए ।

नगरपालिका भित्रको ५० हेक्टर जमिनमा आँप खेती गर्दा ५३ लाख ९२ हजार ३ सय २६ रुपैयाँ लाग्ने र ४ बर्षपछि प्रति हेक्टर १२ लाख ८० हजार रुपैयाँ आम्दामी गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिबेदन बुझ्दै नगर प्रमुख ओलीले प्रतिवेदनलाई अध्यायन गरी व्यवसायिक आँप खेतीकोलागी नगरपालीकाले योजना बनाउने जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here