नयाँ पार्टीमा अब एमाले–माओवादी खोजेर पाइन्नः प्रचण्ड

0
229

काठमाडौं / नेकपाका अध्यक्ष तथा पूर्वप्रधामन्त्री पुष्पकमल दाहालले अब नयाँ पार्टीमा पूराना पार्टी खोजेर नपाइने बताएका छन् । बिहीबार साँझ पार्टी एकीकरण घोषणा सभामा बोल्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘जसरी हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ, त्यहाँ हाइड्रोज र अक्सिन छुट्टै खोजेर पाइन्न, त्यस्तै अहिले बनेको नयाँ पार्टीमा पनि अब पूराना पार्टी खोजेर पाइन्न, यो नयाँ बनिसक्यो । ’

अध्यक्ष दाहालले विश्वलाई नयाँ सन्देश दिने उद्धेश्यले दुई पार्टीबीचको एकता भएको दाबी समेत गरे । उनले आर्थिक समृद्धि, शान्ति र विकासमार्फत नयाँ पार्टीले विश्वलाई नयाँ सन्देश दिने दाबी गरे । अध्यक्ष दाहालले आजदेखि अस्थिरताको युग समाप्त भएको समेत दाबी गर्दै भने, ‘आजदेखि अस्थिरताको युग समाप्त भएको छ, अब स्थिरता, सुशासन र विकासको युग सुरु भएको छ ।’

विगतमा कम्युनिष्टहरु सरकारमा पुग्ने र बिग्रिने गरेको बताउँदै उनले नयाँ पार्टीले त्यसलाई खारेज गर्नुपर्ने बताए । उनले भने, ‘पहिले कम्युनिष्टहरु सत्तामा पुग्ने वित्तिक्कै यति निकृष्ट भए, यति स्खलित भए, त्यो हामीलाई थाहा छ । अब हामीले बनाउने कम्युनिष्ट पार्टी नयाँ कम्युनिष्ट पार्टी हो । हामी विगतको जस्तो हुँदैनौ ।’

अध्यक्ष दाहालले विगतको संघर्षको क्रममा नेता र कार्यकर्ताहरु निकै इमान्दार भएका तर अहिले समय उल्टिएजस्तो देखिएको तितो यथार्थता स्मरण गरे । उनले भने, ‘हिजोको दिन सम्झिन्छौ, हामी जनताका लागि तिसौ वर्ष खटेका छौ । हिजो त युद्धको नेतृत्व गर्दा युद्धमा को जाने भन्ने प्रतिस्पर्धा हुन्थ्यो, तर अहिले सांसद, मन्त्री र प्रधानमन्त्रीमा प्रतिस्पर्धा हुने गरेको छ ।’ उनले पूर्वी यूरोपको कम्युनिष्ट आन्दोलनको शैलीमा नेपाली कम्युनिष्ट आन्दोलन अघि बढेको बताउँदै त्यो बाटोबाट कम्युनिष्ट आन्दोलनलाई जोगाउन नयाँ पार्टी निर्माण गरिएको जिकिर गरे ।

अध्यक्ष दाहालले ५० को दशकको कम्युनिष्ट आन्दोलनको स्मरण गर्दै त्यसबेला मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको स्मरण समेत गरे । भण्डारीले त्यसबेला पनि कम्युनिष्ट एकताका लागि पहल गरिएको तर अधुरो रहेको समेत उनले स्मरण गरे । २०१९ सालबाट विभाजनको पीडा भोगेर आएको कम्युनिष्ट आन्दोलन अब नयाँ चरणमा प्रवेश गरेको बताउँदै उनले अब आफुहरुले नयाँ संकल्प गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले अब एकताका लागि पछाडिको पूल भत्काएर आएको समेत दृढता व्यक्त गरे । उनले आफ्नो जीवनमा बेला बेलामा क्रमभंग हुने गरेको बताउँदै जनयुद्धको पहल, शान्तिप्रक्रिया, नयाँ संविधान, समावेशी र अहिलेको दुई पार्टीबीचको एकता पनि क्रमभंग भएको दाबी गरे ।

अब नयाँ युगको सुरुवात भयो, पछाडि फर्किने पुल भत्काइयोः प्रचण्ड

त्यस्तै प्रचण्डले अब देशमा नयाँ सुगको सुरुवात भएको बताएका छन् ।

उनले आफूहरुको उद्देश्य जनतालाई खुसी र राष्ट्रलाई सुदृद्ध बनाउने रहेको भन्दै भविष्यमा सामाजिक न्यायसहितको आर्थिक समद्धिद्वारा देशलाई समाजवादतर्फ लैजाने भएको पनि बताए ।

बिहिबार साँझ राजधानीको राष्ट्रियसभा गृहमा आयोजित पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै प्रचण्डले अस्थिरता र अराजकताको युग समाप्त भई आर्थिक समृद्धिको युग सुरुवात भएको पनि बताए ।

पार्टी एकता हुँदै गर्दा कसरी एकतालाई अभिव्यक्त गर्ने भन्नेमा शब्दको दुख भइरहेको बताउँदै प्रचण्डले विश्वलाई नै स्थिरता, विकास र सुशासनको सन्देश दिन एकता अर्थपूर्ण र बहुआयामिक भएको बताए ।

उनले आम जनभावनाअनुसार एमाले र माओवादी एकजुट भएको पनि बताए । जननेता मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको स्मरण गर्दै उनकै स्मृति दिवसका दिन एकता घोषणा गरिएको पनि उनको भनाई थियो ।

विगतमा कपिपयले पार्टी एकताको विषयमा आशंका व्यक्त गरेको स्मरण गर्दै प्रचण्डले ती आशंकालाई अहिलेको अवस्थासम्म आइपुगेको पनि प्रचण्डले बताए ।

प्रचण्डले एकताका लागि पछाडि फर्किने पुल भत्काएर आएको पनि सो क्रममा बताए । उनले एकतामा साथ दिने आम कार्यकर्तालाई बधाई दिँदै आफूहरुको संकल्प पूरा भएको पनि बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here