अाज राष्ट्रिय सभागृहमा विषेश कार्यक्रमको आयोजना गरेर एकता एमाले– माओवादी ऐतिहासिक एकता घोषणा गर्ने

0
410

काठमाडौं । दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच बिहिबार पार्टी एकिकरण हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम गठबन्धन बनाएर सहयात्रा सुरु गरेका एमाले र माओवादी केन्द्र सात महिनाको लगातारको कसरतपछि अन्ततः एक हुने भएका हुन् ।

मदन आश्रित स्मृति दिवसका अवसर पारेर दुवै पार्टीले आ–आफ्ना पुराना संरचना विघटन गरी नेपाल कम्युनिस्ट पार्टी गठन गर्न लागेका हुन् । एकतासम्बन्धि औपाचारिक निर्णय गर्न बिहिबार विहान १० बजे वाम एकता संयोजना समितिको बैठक बोलाइएको छ । बैठकमा दुबै दलका अध्यक्षले एकतासम्बन्धी प्रस्ताव अनुमोदन गरेपछि आजै पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराउने तयारी छ ।

पार्टी एकता संयोजन समितिको निर्णय अनुमोदनका लागि विहान ११ बजे एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै माओवादीले दिउँसो १ बजे सचिवालयको बैठक बोलाएको छ । त्यस्तै दिउँसो ३ बजे दुवे पार्टीले एकता अनुमोदन गरेलगत्तै संयुक्त बैठक बस्ने तयारी पनि गरेका छन् । सहमतिअनुसार दुवै दलका अध्यक्षले संयुक्त रुपमा एकीकृत पार्टीको नेतृत्व गर्नेछन् । एकीकृत पार्टीको केन्द्रीय समिति करिब ४ सय ४१ सदस्यीय हुने प्रस्ताव तयार भएको छ । ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा माओवादीका २ सय र एमालेका २ सय ४१ सदस्य रहने सहमतिसँगै पार्टी एकता घोषणाको तिथी मिति जुरेको छ ।

अाज राष्ट्रिय सभागृहमा विषेश कार्यक्रमको आयोजना गरेर एकता घोषणा गर्ने एकताबारे भएको प्रगति र तयारीबारे ब्रिफिङ गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमल्टारमा बुधबार माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । बैठकमा अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएका सहमतिका विषय प्रस्तुत गरेको प्रवक्ता पम्फा भुषालले जानकारी दिईन् । ४३ सदसीय स्थायी समितिमा माओवादीका १८ र एमालेका २५ सदस्य रहने छन् । प्रतिशतका आधारमा स्थायी समिति भने एमालेको ५८ तथा माओवादीको ४२ प्रतिशत हुनेगरि भागवण्डा भएको छ । माओवादीका तर्फबाट स्थायी समिति र केन्द्रीय समितिमा पर्ने सदस्यहरुको नाम अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले तयार पार्ने छन् । नेता त्रयले तयार पारेको सूची कार्यालयको विस्तारित बैठकले अनुमोदन गरि एकता घोषणा कार्यक्रमा प्रस्तुत गर्ने तयारी छ । एमालेले पनि सोही अनुसार आफ्ना सदस्यहरुको नाम टुंगो लगाउने आन्तरिक गृहकार्य थालेको छ ।

एकीकृत पार्टीको नाम नेपाल कम्यूनिष्ट पार्टी राख्ने यस अघिनै सहमति भईसकेको छ । अध्यक्षद्वय ओली र प्रचण्ड दुवै अध्यक्ष रहने द्विअध्यक्षात्मक सांगठानिक संरचना तयार पार्दै पालैपालो प्रधानमन्त्री बन्ने कुरा समेत एमाले र माओवादीबीच सहमति भईसकेको छ । चुनाव चिन्ह भने नेकपा एमालेले प्रयोग गर्दै आएको सूर्यलाई नै मान्न माओवादी तयार भएको छ । सूर्य चिन्ह र नेकपाका नाममा आजै निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने गठबन्धनको तयारी छ ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here