बिर्तामोड, जेठ २ / सञ्चारविद् भानुभक्त आचार्यले समय अनुकुल नेपाली पत्रकारीताको विकासले पनि फड्को मार्नुपर्ने बताएका छन् । उनले परिर्वतित समय र प्रविधिको विकाससँगै सञ्चारकर्मीले आफूलाई रुपाञ्तरण र विकास गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ झापाले बुधबार बिर्तामोडमा गरेको स्वागत सम्मान तथा न्यू मिडिया एण्ड जोर्नालिजम इथिक्स संवाद कार्यक्रमा बोल्दै आचार्यले यस्तो बताएका हुन् ।
उनले नेपाली पत्रकारिताको विकासमा अनलाइन मिडियाको भूमिका अग्रस्थानमा आउँदै गरेको बताउँदै उनले पत्रकारले खोजमुलक तथा सत्यतथ्य समाचार र समय अनुकुल विषयलाई प्राथमिकता दिएर सञ्चारमाध्ममा ल्याउनुपर्ने बताए ।
यसैबिच सोहि कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाले प्रदेश कमिटीमा निर्वाचित सदस्य पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश १ कमिटीमा निर्वाचित कोषाध्यक्ष अम्बिका भण्डारी तथा सदस्यहरु तीर्थ सिग्देल, विमल लामिछाने र रेजिना गौतमलाई स्वागत तथा सम्मान गरिएको हो । प्रदेश कमिटिका पदाधिकारीलाई पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले खादा र रुद्राक्षको माला लगाएर सम्मान गरेका थिए ।
पत्रकार महासंघ प्रदेश समितिलाई सम्मान
फेसबूकमा कमेन्ट्स गर्नुहोस्