नेपाल समृद्धिलाई भारतले शिखरमा पुर्‍याउँछः मोदी

0
285
k|wfgdGqL df]bL–;Daf]wg g]kfnsf] /fhsLo e|d0fdf /xg'ePsf ef/tsf k|wfgdGqL g/]Gb| df]bL zlgaf/ sf7df8f}Fdf gful/s clegGbg ;df/f]xnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M k|bLk /fh jGt, /f;;

काठमाडौँ/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिको यात्रा भारतबिना सम्भव नहुने बताएका छन् ।

काठमाडौँ महानगरपालिकाले शनिबार राष्ट्रिय सभागृहमा गरेको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले भारतका सवा सय करोड जनताले नेपाली सबै नेपाली सुखी भएको सपना देख्ने गरेको बताए ।

मोदीले सम्बोधनका क्रममा भारतको अनुभव र भारतको अवसरलाई आदानप्रदान गरिनुपर्ने पनि बताए । ‘हाम्रो संस्कृतिमा विदेश नीति मात्रै छैन, जीवन शैली छ । हाम्रा अनुभव र अवसरलाई साझा गरिनुपर्छ’, मोदीले भने, ‘१६० भन्दा धेरै देशमा क्षमता विकासका लागि सहयोग गर्दै आएको छ भारतले । यस्तो प्रयासले साना विकासशील देशको आवश्यकता पुरा गर्न सकिन्छ ।’

मोदीले नेपालमा आशा र विकासको माहोल रहेको पनि बताए । ‘नेपालमा माहोल छ आशाको, उज्जवल भविष्यको, लोकतन्त्रको मजबुतीको, समृद्ध नेपाल र सुखी नेपालीको’, उनले थपे, ‘अब यसलाई हामीले उचाईमा लैजानुपर्छ ।’

सम्बोधनका क्रममा मोदीले नेपाल समृद्धिको यात्रामा शिखरको आधार शिविरमा मात्रै पुगेको पनि जिकिर गरे । ‘अब नेपाल सगरमाथाको आधार शिविरमा पुगेको छ । अब अझै शिखर चढ्न बाँकी छ’, मोदीले भने, ‘नेपालको विकास यात्राामा भारत तपाईँहरुका लागि शेर्पाको काम गर्न तयार छ । नेपाललाई विकास यात्रामा भारतले शेर्पा बनेर शिखरमा पुर्‍याउँछ ।’

मोदीले नेपाल आफ्नो प्राथमिकता र आवश्यकता अनुसार अघि बढेको बताउँदै त्यसमा हातेमालो गर्न भारत तयार रहेको पनि जिकिर गरे ।

‘नेपालका लागि भारत काँधमा काँध मिलाएर अघि बढ्न तयार छ, नेपालको सफलता नै भारतको सफलता हो, नेपालको खुसी नै भारतको खुसी हो’, मोदीले भने, ‘नेपालका क्रिकेटर सन्दीप लामिछाने आईपीएलमा भाग लिइरहेका सुनेको छ । आउने समयमा क्रिकेट मात्रै होइन, अन्य खेलमा पनि जनतासँग जनताबीचको सम्बन्ध मजबुत हुनेछ ।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here