अब राजनीतिको स्वरुप फेरिएको छ विश्वप्रकाश शर्मा

0
435

दमक/ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरुप परिवर्तन भएको बताउनुभएको छ । झापाको दमकमा बिपि चिन्तन प्रतिष्ठान र यूथ नेटवर्कले शनिवार आयोजना गरेको राजनीतिक संस्कार र हाम्रो यूवा नेतृत्व बिषायक अन्तरसम्वादमा प्रबक्ता शर्माले यस्तो बताएका हुन् ।
कांग्रेसका युवा नेता शर्माले अव नेपालमा आफ्ना राजनीतिक माग पूरा गराउन सडकमा टायर बाल्ने, कालो झण्डा देखाउने अनि नारा जुलुस गरेर बन्द हड्ताल गर्ने संस्कारको अन्त्य भएको दावी समेत गरे । प्रबक्ता शर्माले नेपालमा प्रजातन्त्र, लोकतन्त्र नारा जुलुश गर्न पाउनु मात्र नभएर नागरिकहरुले मौन रुपमो राखेका मागहरुलाई राज्यले उचित सम्बोधन गर्नु पर्ने धारणा राखे ।

उनले विगतमा कांग्रेस लामो समय सरकारमा बसेर जनताको इच्छा अनुरुप राज्य संचालनगर्र्र्र्ने उपयुक्त वातावरण तयार नहुदै प्रतिपक्षमा पुग्नुपरेको बताए । युवा नेता शर्माले सम्पन्न निर्वाचनमा कांग्रेस संख्यामा पराजित भएपनि विचार र नीनिका हिसावले अगाडी रहेको बताए । उनले निरास नभई सबै कार्यकता अन्तर संवाद र छलफलमा जुट्नुपर्ने धारणा राखे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here