विपन्न विद्यार्थीलाई सामुहिक हातको सहयोग

0
205

दमक/ धर्म कमाउन मान्छे तीर्थ धाउँछन्, दान गर्छन् । पुन्य कमाउन मठमन्दीर धाउनहरुको संख्यापनि कमी छैन । ब्रत र पु्राण लगाएर पाप कटाउनी हुन्छ भन्ने मान्यताले पनि राम्रै स्पेस पाउदै आएको छ । मान्छेले सेवा र सहयोग गर्ने विभिन्न तरिका खोजिरहेका हुन्छन् । तर दमकेली युवाहरुले भने पछिल्लो समय संस्थागत रुपमा सेवाको बाटो खोजिरहेको पाइन्छ ।


पछिल्लो समाय धेरैको ध्यान विद्यालयका निम्न स्तर भएका विद्यार्थीहरुलाई सहयोग गर्नेमा खिचिदै गएको छ । शुक्रवार दमक ५ स्थित सामुहिक हात नामक संस्थाले विपन्न विद्यार्थीलाई स्टेसनरी वितरण गरेको छ । शुक्रवार दिपिनी आधारभूत निमावि दमकमा अध्यायनरत २५ जना विपन्न विद्यार्थीलाई स्टेसनरी र एक हप्ताको नास्ता बरावरको रकम हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं ५ का अध्यक्ष इन्द्रबहादुर गुरुङले सामग्री वितरण गर्दै ठूलो कामको शुरुवातपनि सानैबाट हुने बताए । संस्थाका सचिव चैतन्य बरालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता सुरेन्द्र कटुवालले गरेको सदस्य सन्तोष गौतमले जानकारी दिए ।

कार्यक्रममा संस्था प्रतिनिधिहरु कृष्णराज खतिवडा, अजुन कार्की, सकुन्तला भट्टराई, प्रदिप कडरिया, राजु राउत, कल्पना राई, एलिसा ओली, अम्विका भट्टराई, लगायतको उपश्थिति रहेको थियो । संस्थाले नियमित संकलन गर्दै आएको आन्तरिक कोर्षबाट स्टेसनरी उपलब्ध गराएको संस्थाका सचिव बरालले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here