दमक गोल्डकपको उपाधि पुलिसलाई

0
247

दमक, २८ बैशाख / झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले शुक्रबार भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसंगै पुलिसले नगद १३ लाख ११ हजार रुपैया प्राप्त गर्यो । उपविजेता मनाङले रु ६ लाख ११ हजार रुपैयामा चित्त बुझाउनुपर्यो । फाइनल खेलमा पुलिसका रेजिन सुब्बाले निर्णायक गोल गरेका थिए । उनले ८८ औं मिनेटमा हेडमार्फत गोल गरे ।
खेलमा पुलिसका अभिषेक रिजाल म्यान अफ द म्याच घोषित हुनुभयो । उहाँले रु ११ हजार रुपैया प्राप्त गरे । यस्तै उत्कृष्ट डिफेण्डरमा पुलिसका सन्तोष हेमरम ,उत्कृष्ट मीडफिण्डरमा मनाङका सुजल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, उत्कृष्ट फर्वाड पुलिसका रेजिन सुब्बा, सर्वाधिक गोलकर्ताको पुरस्कार संयुक्त रुपमा तीन÷तीन गोलकर्ता आर्मीका नवयुग श्रेष्ठ, मदन भण्डारी स्पोर्टस् एकेडेमीका विदेशी खेलाडी म्याक्स अलावाले र एपीएफका हरी कार्की घोषित भए । विद्यागत उपाधि विजेता खेलाडीले जनही रु २५ हजार ,ट्रफि प्राप्त गरे ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रुपमा विजेता पुलिसका गोलकिपर किरण चेम्जोङ घोषित भए । उनले टिभिएस कम्पनीको अपाची मोटरसाईकल प्राप्त गरेका छन् ।
गोल्डकप बैशाख १९ गतेदेखि सुरु भएको सो प्रतियोगिता दमक नगरपालिकाले आयोजना गरेको हो । गोल्डकपमा आयोजकसहित १० टिमको सहभागीता रहेको प्रचारप्रसार संयोजक चन्द्र खत्रीले जानकारी दिए । उपाधि विजेता टिमलाई गोल्डकप समापन कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले नगद, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here