‘स्थानीय सरकारको कामकाज पूर्वाग्रही ’

0
160

दमक/ नेपाली कांग्रेस क्षेत्रीय समितिले दमक नगरपालिकासहित कमल गाँउपालिकाका स्थानीय सरकारको कार्यसम्पादन पूर्वाग्रही भएको आरोप लगाएको छ ।
पार्टीको क्षेत्रीय समितिको बैठकले लोकतन्त्रलाई कमजोर वनाएर स्थानीय सरकारले आफना अधिकारको नाममा सर्वसत्तावाद चरित्र हावी गरेको ठहर गरेको हो । क्षेत्रीय समितिले ती दुवै स्थानीय सरकारको कार्यसम्पादनको समीक्षा गर्दे स्थानीय सरकारलाई जनता प्रति उत्तरदायित्व बन्न आग्रह गरेको छ ।
‘विकास निर्माण र जनताका हकहितका विषयमा स्थानीय सरकारको कामकाज सन्तोषजनक छैन’ क्षेत्रीय समितिले विहिबार निकालेको विज्ञप्तिमा भनिएको छ । जनताका अधिकार कमजोर वनाउन प्रेरित स्थानीय सरकार अविलम्ब सच्चिन समेत कडा कांग्रेसले चेतावनी दिएको छ । दमक नगरपालिकाले हालै जारी गरेको शिक्षा ऐन–२०७४ लगायतका अन्य ऐनहरुले दलका आसेपासेलाई भजाएर लोकतन्त्र माथिनै प्रश्न चिन्ह खडा गरेको जिकीर गरिएको छ ।
पार्टीका क्षेत्रीय सचिव धर्मानन्द भट्टराईद्धारा जारी विज्ञप्तिमा पार्टीले उठाएका जायज मागहरु प्रति स्थानीय सरकारले ध्यानाकर्षण नभए कानुनी उपचारको बाटो तर्फ पार्टी जाने जनाएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here