दमक गोल्डकपको उपाधिकालागि मनाङ र पुलिस भिड्दै

0
209

दमक/ जारी दमक गोल्डकप फुटबलको आज हुने फाईनल खेलको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् । विहिबार गरिएको प्रि–म्याच कन्फेरेन्समा बोल्दै दुवै टिमले उत्कृष्ठ खेल प्रर्दशन गरेर जित हासिल गर्ने दावी गरेका हुन् ।
मनाङका कोच पूजा टोपुले फाइनल खेल आफ्नो टिमले जित्नेमा विश्वस्त रहेको बताए । उनले आफ्नो टोली लगातार गोल्डकप खेलिरहेकाले यहाँको उपाधि जित्न गाह्रो नहुने बताए । मनाङका कप्तान विराज महर्जनले दमकको ग्राउण्ड राम्रो लागेको बताए । उनले फाइनल खेलमा आफ्नो टिम जित निकाल्ने गरी प्रस्तुत हुने बताए ।
पुलिसका प्रशिक्षक अनन्त थापाले फाइनल खेलमा जित्ने र हार्ने दुवै अवस्था रहेपनि आफ्नो टिमले राम्रो खेल्ने बताए । आफ्नो टिममा युवा खेलाडीहरु रहेकाले फाइनल खेलमा आफनो टिमले उत्कृष्ठ प्रर्दशन गर्ने विश्वास लिन्छन् । उनले भने,–‘ विगतका खेलहरुजस्तै हाम्रा खेलाडीले मेहनेतले खेल्छन्,यसको नतिजाले सफलता लिन्छ ।’ पुलिसका कप्तान हेम तामाङले फाइनलमा आफ्नो टिमले राम्रो फिनिसिङ खेल्ने बताए । उनले दमकमा आफ्नो टोलीले राम्रै खेलिरहेपनि फाइनलमा थप मेहेनत गर्ने बताए ।
गोल्डकप उपाधिको लागि आज शुक्रवार मनाङ मस्र्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुँदैछ । पुलिस पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ र मनाङले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलसम्म आईपुगेको हो ।
प्रतियोगिताका प्रचार सम्योजक चन्द्र खत्री दाहालका अनुसार गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैया, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । गत बैशाख १९ गतेदेखि शुरु भएको प्रतियोगितामा एडिभीजनसहित १० टिमको सहभागिता रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here