दमक गोल्डकप: शसस्त्रको एपीएफ सेमीफाइनलमा प्रवेश

0
209

दमक/ मदन भण्डारी स्पोर्टस् एकाडेमीलाई हराउदै शसस्त्रको एपी एफ दमकमा जारी दमक गोल्डकपको सेमीफाइनलमा प्रबेश गरेको छ । आज भएको क्वाटरफाइनलमा मदनभण्डारी स्पोर्टस् एकाडेमीलाई ३-१ ले पराजित गर्दै एपी एफ सेमीमा पुग्न सफल भएको हो ।

एपीएफको तर्फबाट हरि कार्कीको ह्याट्रिक र मदन भण्डारीको तर्फबाट म्याक्स्वल एलनले एक गोल गरेका थिए । यसअघि रमपम झापा ११ लाई ४-० ले हराउदै मदन भण्डारी क्वाटर फाइनलमा प्रबेश गरेको थियो भने एपी एफ आफुलाई लक्की ड्रमा पार्दै सिदै क्वाटरफाइनलमा प्रबेश पाएको थियो ।

प्रतियोगिताको विजेताले नगद रु १३ लाख ११ हजार र उपविजेताले नगद रु ६ लाखसहित ट्रफि तथा प्रमाणपत्र पाउने छन् । त्यसैगरि भोलिको खेल त्रिभुवन आर्मी र आयोजक दमक ११ ले क्वाटरफाइनल खेल्नेछन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here