१७ अर्बको ३८ क्वीन्टल सुन तस्करी

0
449

काठमाडौं/ मुलुकको एक मात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुन तस्करीको ‘स्वर्ग’ बनेको रहस्य खुलेको छ । ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणको छानविन गर्न बनेको समितिले विमानस्थलबाट हुने सुन तस्करीको पाटोलाई भित्रैसम्म पुगेर केलाएको छ ।

प्राप्त जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत मोरङलाई बुझाएको अभियोग पत्रमा सुनका मालिक गोरे भनिने चुडामणि उप्रेती र उनका सहयोगीले पाँच वर्षमा चार सय २१ पटक सुन तस्करी भएको उल्लेख गरिएको छ ।

अभियोग पत्रअनुसार पाँच वर्षमा तीन हजार सात सय ९९ किलो ५ पाँच सय ५९ ग्राम (नेपाली मूल्य १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ३१ रुपैंया बराबरको) सुन तस्करीका लागि विमानस्थल प्रयोग भएको छ ।

जसमा गोरेको नेतृत्वमा प्रहरीका पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकास खनाल, डिएसपी सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का, होटल व्यवसायी भुजुङ गुरुङ, टेकराज मल्ल, मोहन काफ्ले, मोहम्मद उस्तम मियाँ, लाक्पा शेर्पा, छिरिङ वाङ्गेल घले, कपिलराज पुरी लगायत ६० जनाले तस्करी सफल बनाएका थिए ।

गोरेले सुन पास गराउन प्रहरी अधिकारीहरुलाई दुई करोड २० लाख ७७ हजार बाँडेको तथ्य फेलापरेको छ। गोरेले हिसाब गरेको रेकर्ड फाईलमा हाल थुनामा रहेका पूर्व डीआइजी निरौलालाई १७ लाख, एसएसपी खत्रीलाई एक करोड १२ लाख ९२ हजार, एसपी खनाललाई पाँच लाख, डिएसपी राउतलाई १५ लाख, जवान खड्कालाई १९ लाख र अन्य प्रहरी कर्मचारीलाई ६४ लाख ७० हजार बाँडेको उल्लेख छ ।

उक्त तथ्य छानविन समितिले बयान लिईएका अभियुक्तले समेत पुष्टि गरेका छन्। समितिकै सिफारिसमा जिल्ला प्रहरी कार्यालय मोरङमार्फत जिल्ला सरकारी वकिल कार्यालयले मोरङ अदालतमा बुझाएको अरोप पत्रअनुसार गोरेका सहयोगी मोहन काफ्लेले २०७२ देखि एसएसपी खत्री, एसपी खनाल र डीएसपी राउतले सुन तस्करीमा सहयोगी बनाउँदै आएको उल्लेख छ।

जुन कुराको पुष्टि फरार एसएसपी खत्रीका चालक जवान खड्काले बयानमा उल्लेख गरेका छन्। निरौला विमानस्थलको सुरक्षा प्रमुख रहँदा काफ्लेले सुन ल्याएपछि सीधै उनको कोठामा लैजाने र एसएसपी खत्रीसँगै एसपी खनालले सुन आफैं स्कर्ट गराएर विमानस्थल बाहिर कटाउँदै आएको बयान जवान खड्काले दिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here