मानव अधिकारको झापा अधिवेशन सम्पन्न अध्यक्षमा डा. नविन चापागाईं

0
312

दमक/ झापाको कनकाई नगरपालिका कोटीहोम परिसरमा शुक्रवार सम्पन्न राष्ट्रिय मानव अधिकारको पाँचौ झापा जिल्ला अधिवेशनले डा. नविन चापागाईंको अध्यक्षतामा २१ सदस्य कार्य समिति चयन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा धनन्जय वास्कोटा चुनिएका छन् भने उपाध्यक्षमा क्रमशः मिठु पाठक प्रसाईं, गोपीकृष्ण भट्टराई, मनकुमार गदाल र राम प्रसाद मैनाली चुनिएका छन् ।
अधिवेशनबाट सचिवमा नविन योगी, सहसचिवमा टीकाराम नेती र कोषाध्यक्षमा चैतन्य बराल सहित सदस्यमा गंगाराम दाहाल, श्याम कुमार पौडेल लगायत चयन भएको नव गठित समितिका कोषाध्यक्ष चैतन्य बरालले जानकारी दिए ।
अधिवेशन संस्थाका केन्द्रीय सदस्य सुमित्रा प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहकार कोमल प्रसार्इं विशेष अतिथि र केन्द्रीय सदस्य रुपक खनाल अतिथि रहेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here