छुरा तथा बोतल हानाहान हुँदा दुई युवा घाईते

0
293

दमक/ दमकको मध्यचौकमा विहिवार दिउँसो १ बजे छुरा तथा बोतल हानाहान हुँदा दुई युवा घाईते भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा गरिएको कमेन्टको विषयलाई लिएर दमक बजार क्षेत्रका युवाहरुबीच झगडा हुँदा दमक ५ का दुई युवा घाईते भएका हुन् ।
घाईते हुनेमा दमक वडा ५ का सन्दीप मगर र सिद्धान्त आचार्य रहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । घाईतको लाईफ लाईन अस्पतालमा उपचार भइरहेको र झगडामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेको टाउको र पेटमा चोट लागेको बताइएको छ । दिउँसै मध्य चौकमा चक्कु र छुरी बोकेर ग्याङ फाईट हुँदा सर्वसाधारण त्रसित भएको बजारबासीहरुले बताएका छन् । यस्ता कृयाकलापमा संलग्नलाई तत्काल कार्वाही गर्न बजारबासीले आग्रह समेत गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here