गोल्ड कपको उद्घाटन प्रमले गर्ने

0
248

दमक/ आगामी बैशाख १९ गते हुने मोफसलकै सर्वाधिक पुरस्कार राशीको दमक गोल्डपक फुटबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । खेलका लागि प्याराफिट निर्माण, खेल मैदानको घाँस कटाई, प्रचार प्रसारलाई तिव्रता दिएको खेल मैदान व्यवस्थापन समितिका संयोजक देऊमान साम्वा लिम्बुले जानकारी दिए ।
खेलमा मनाङ मस्र्याङ्दी क्लव, थ्रि स्टार क्लव, शसस्त्र प्रहरी क्लव, रमपम झापा ११, करेन्ट रुपन्देही ११, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, सरस्वती युवा क्लव, मदन भण्डारी स्पोर्टिङ्ग एकाडेमी र आयोजक दमक नगर पालिका सहित १० वटा टीमको सहभागिता रहेको प्रतियोगीताका प्रचार प्रसार सम्योजक चन्द्र खत्रीले जानकारी दिए ।
खेलमा प्रथम हुने टिमलाई १३ लाख ५१ हजार र दोस्रो हुने टिमलाई ६ लाख रुपयाँ पुरस्कार राखिएको आयोजक समितिका अध्यक्ष केन्द्र प्रसाईंले जानकारी दिएका छन् । खेलको उद्घाटन सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here