मेची सहकारीले विपन्न विद्यार्थीलाई १२ कक्षा पढाउने

0
158

दमक/ दमकको मेची सहकारी संस्थाले १० जना बिद्यार्थीहरुको शैक्षिक अभिभावकत्व ग्रहण गर्ने भएको छ । सरकारले शुरु गरेको बिद्यार्थी भर्ना अभियान अन्तर्गत सहकारीले बिपन्न समुदायका बिद्यार्थीहरुलाई १२ कक्षा सम्म अध्ययन गर्नको लागि सम्पूर्ण जिम्मेवारी लिंदै अभिभावकत्व ग्रहण गरेको सहकारीका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
दमक नगरपालीका साथै झापाकै कमल गाउँपालिकाका १० जना बिद्यार्थीहरुलाई अभिभावकत्वक ग्रहण गर्ने क्रममा विहीवार ८ जना बिद्यार्थिहरुलाई बिद्यालयमा भर्ना गरिएको सहकारीका सचिव लक्ष्मी प्रसाद दाहालले जानकारी दिए ।
विहिवार दमक नगरपालीकाका सिंहदेवी मावी, पाणीनी मावि, पृथ्वी मावि, बिद्योदय आधारभुत बिद्यालय, दिपिनी आधारभुत बिद्यालय र जनता आधारभूत बिद्यालय साथै कमल गाउँपालीकाका बाणी र मंगलमय माविका ६ जना छात्रा र ८ जना छात्रलाई अभिभावकत्व ग्रहण गर्दै बिद्यालयमा भर्ना गरिदिएको मेची सहकारीका ब्यवस्थापक खोमप्रसाद बगालेले जानकारी दिए ।
अन्य दुई जना बिद्यार्र्थिलाई दमककै चुलाचुली आधारभुत बिद्यालय र ढुकुरपानी माविमा केहिदिन भित्रमै भर्ना गरिदिने कार्यक्रम रहेको ब्यवस्थापक बगालेको भनाइ छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here