विरामीले नबुझ्ने गरी प्रेस्क्रिप्सन लेख्ने नपाइने

0
289

दमक/ स्वास्थ्य संस्था तथा चिकित्सकहरुले अब बिरामीले नबुझ्ने गरी प्रेस्क्रिप्सन अर्थात औषधिको सिफारिस लेख्न नपाउने भएका छन् ।
नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद् तथा औषधि व्यवस्था विभागका प्रतिनिधिहरुबीच बसेको बैठकले बिरामीले नबुझ्ने गरी प्रेस्क्रिप्सन लेख्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाही गर्ने निर्णय गरेको छ ।

नेपाल मेडिकल काउन्सिलले सूचना निकालेर औषधिको नाम, औषधि खानुपर्ने समय तथा अवधि राम्रोसँग बुझिने भाषा, अक्षरमा छापेर वा लेखेर दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेको छ । नेपाल मेडिकल काउन्सिलले आफ्नो आचारसंहिता २०७३ अनुसार कार्य गर्न सबै चिकित्साकर्मी र स्वास्थ्यकर्मी, स्वास्थ्य सेवा प्रदायक संघसंस्थालाई निर्देशन दिएको हो ।
त्यस्तै प्रेस्क्रिप्सन लेख्दा चिकित्सक वा अधिकार प्राप्त स्वास्थ्यकर्मीको आफ्नै पहिचान खुल्ने नाम, थर तथा सम्बिन्धत कार्यालयमा दर्ता भएको प्रमाणपत्र नम्बर समेत खुल्ने गरी लेख्नुपर्ने काउन्सिलले जनाएको छ ।
त्यस्तै औषधि बिक्रि गर्दा बिक्रेताले प्रेस्कृप्सनमा उल्लेख गरिएको औषधि नै बिक्रि गर्नुपर्ने छ । स्वास्थ्य सेवा प्रदायक संस्थाले बिरामी जँचाएको अभिलेखहरु बिरामीको अन्तिम पटक स्वास्थ्य परीक्षण गरेको समयले कम्तिमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्नेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here