दमकमा उद्यमशीलताबारे बहस चलाउने

0
246

दमक/ दमक पव्लिक लाइव्रेरीले मासिक रुपमा उद्यमशीलता बहस कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सहभागि गराएर लाइव्रेरीले त्यस्तो बहस सञ्चालन गर्ने भएको हो ।
बुधवार लाइव्रेरीले आफनै कार्यालयमा पत्रकार सम्मेलन गरि उद्यमशीलता बहस कार्यक्रमलाई शुरुवात गर्न लागिएको जनाएको छ । लाइव्रेरीका अध्यक्ष भेषराज न्यौपानेले विभिन्न क्षेत्रमा क्रियाशील लाइव्रेरीलाई थप शसक्तीकरण गराउन उद्यमशीलता बहस कार्यक्रम शुरुवात गर्न लागिएको बताए । राजधानी बाहिर यस्तो ‘टक शो ’ दमकमा पहिलो हुने उनले जनाए ।
सफल उद्यमशीलका अनुभव सवैका लागि उत्प्रेरणा हुने भएकाले त्यसलाई विशेष कार्यक्रमका रुपमा अगाडी ल्याईएको अध्यक्ष न्यौपानेले बताए । उनले पहिलो वर्षका लागि एक दर्जन बढी सफल उद्यमशील व्यक्तित्वलाई समन्वय गरिने कार्य भइरहेको जानकारी दिए ।
उनका अनुसार पहिलो उद्यमशीलता बहस यहि बैशाख ८ गते हुने छ । विहान ११ वजेतिर शुरु हुने सो बहस स्थानीय रेडक्रसको सभाहलमा हुने जनाईएको छ । पहिलो बहसको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको लाइव्रेरीका सचिव हरि सिटौलाले जानकारी दिए । पहिलो बहसको मुख्य आर्कषक व्यक्तित्व पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्य रहने छन् ।
बहसमा सर्वसाधारणका लागि रु १ सय देखि ५ सय सम्मका टिकट राखिएका छन् । करिव ३ घण्टा चल्ने बहसमा दमक क्षेत्रका उच्च शिक्षामा अध्ययनर विद्यार्थीहरुसहित ४ सय बढीको सहभागिता रहने जनाईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here