पत्रकार महासंघमा तालाबन्दी गर्नेसम्मको चेतावनी

0
334

काठमाडौं/ नेपाल पत्रकार महासंघको आसन्न प्रदेश अधिवेशनमा तीन संगठनले सिन्डिकेट कायम गरेर पदीय भागवण्डा गरेपछि अन्य पत्रकारजन्य संगठनहरुले त्यसको विरोध गरेका छन् ।
नेकपा एमाले निकट प्रेस चौतारी, नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरले विभिन्न ७ प्रदेशसहित एक उपत्यका र एक एसोसिएट (गैरभौगोलिक) प्रदेशमा भागबण्डा गरी पद विभानज गरेलगत्तै अन्य संगठनहरुले विरोध गरेका हुन् ।
सङ्घीय पत्रकार फोरम, मधेसी पत्रकार समाज, क्रान्तिकारी पत्रकार संगठन, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल, प्रेस सोसाइटी नेपालले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै सिन्डिकेटको विरोध गरेका हुन् ।

जारी विज्ञप्तिमा श्रमजीवि पत्रकारहरुको हकहित र नागरिक स्वतन्त्रताको रक्षक नेपाल पत्रकार महासंघले प्रदेश निर्वाचनमा आफूलाई साझा संस्थाका रूपमा स्थापित गर्न नसकेको आरोप लगाइएको छ ।
प्रदेश निर्वाचनका नाउँमा सिन्डिकेट लाद्ने प्रयास भइरहेको र महासंघको नेतृत्वले त्यसलाई मान्यता दिन खोजेको आरोप लगाउँदै सात वटा संगठनले हाल महासंघले थालेको प्रदेश निर्वाचन प्रक्रियामा जाँदा ५० प्रतिशत भन्दा बढी पत्रकारहरुले नेतृत्व चयनमा सहभागी हुन नपाउने जिकिर गरिएको छ ।

विभिन्न बहानामा पत्रकारहरुको मताधिकार खोस्ने प्रयत्न गरिएको भन्दै ती संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सात वटा संगठनहरुले तत्काल प्रदेश निर्वाचन प्रक्रिया रोकेर छलफलका लागि कार्य अघि बढाउन समेत पत्रकार महासंघलाई आग्रह गरेका छन् । हाल उत्पन्न बिवादलाई समाधान गन२४ घण्टाभित्र पहल थाल्न आग्रह गर्दै ती संगठनहरुले महासंघको कार्यालयमा तालाबन्दी गर्नेलगायत विभिन्न आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् । आफ्ना मागहरु सुनुवाई नभए कानुनी उपचारको खोजीमा लाग्नेसमेत विज्ञप्तिमा उल्लेख छ ।
यसअघि चौतारी, युनियन र सेन्टरले विभिन्न प्रदेशहरुमा नेतृत्वसहित विभिन्न पदहरुमा भागबण्डा गरी सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुटेको भनी विभिन्न सञ्चार माध्यमहरुबाट जानकारी दिएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here