नाम मिल्दा निर्दाेष जेल !

0
262

काँकडभिट्टा/ अभियुक्तसँग नाम मिल्दा एक जना व्यक्ति जेल परेका छन् । झापा मेचीनगर ६ का ३५ वर्षीय श्याम थापालाई जिल्ला अदालत झापाले सोमबार जेल सजाय फैसला गरेको छ ।
अदालतले उनलाई ६ महिना कैदसहित २६ लाख ९९ हजार रुपैयाँ जरिवाना समेत तोकेको छ । परिवारले उनी निर्दाेष रहेको दावी गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै श्यामका दाजु केदारले घटनाबारे जानकारी नै नभएको व्यक्तिलाई हचुवाका भरमा पक्राउ गरी जेल पठाइएको भन्दै आपत्ती जनाए ।
२०६४ जेठ २२ गते तत्कालिन टाघनडुब्वा २ स्थित गुलाम रसुल मियाँको घरबारी परिसरबाट प्रहरीले १ हजार ६ सय ८७ किलो रक्त चन्दन बरामद गरेको थियो । उक्त घटनामा तत्कालिन मेचीनगर १० निवासी श्याम थापालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरिएको थियो । अदालतले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो ।
घटना हुँदा भाई वैदेशिक रोजगारीमा कतार रहेको दाजु केदारले बताए । विदेशबाट आएर ट्याम्पो चलाएर जीविका चलाउदै आएका उनलाई चैत ३० गते काँकडभिट्टा बजार क्षेत्रबाट पक्राउ गरिएको थियो ।

झापाका एसपी विष्णु केसीले अदालतको आदेशमा थापालाई पक्राउ गरिएको र अदालतले जेल चलान गरेको बताए । उनले भने,‘यदि व्यक्ति निर्दाेष हो भने कानुनी उपचार खोज्नु पर्यो । ’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here