नयाँवर्षसँगै सिरुवा पर्व मनाइँदै

0
315

झापा/ नयाँ वर्षको सुरुवातसँगै पूर्वी तराईमा बसोवास गर्ने आदिवासी समुदाय आजदेखि हर्षाेल्लासका साथ सिरुवा पर्व मनाइदैछ ।
तीन दिनसम्म मनाइने आदिवासी समुदायको विशेष चाड आजदेखि सुरु भएको हो । झापा, मोरङ र सुनसरीमा बसोवास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले तीन दिनसम्म हर्षाेल्लासकासाथ सिरुवा मनाउने गर्दछन् । राजवंशी, गनगाई, ताजुरियालगायतका समुदायको बाहुल्यता रहेको झापाको दक्षिणी क्षेत्रमा आज सिरुवाको रौनक छाएको छ । उनीहरु आज एका बिहानैदेखि पानी छ्यापाछ्याप गरेर पानी सिरुवा मनाइरहेका छन् ।
नयाँ वर्षको पहिलो दिन वैशाख–१ गते पानी सिरुवा, २ गते काद सिरुवा (हिलो) र ३ गते रङ सिरुवा खेलिने चलन रहेको छ । यस पर्वमा नव वर्षको अघिल्लो दिन अर्थात चैतमा फलेको सात प्रकारका सागब्जी मिसाएर पकाइएको तरकारी ‘सातसागी’ खाने चलन रहेको छ । पर्वकै अवसरमा संस्कृति झल्कने खालको नाचगान पनि गर्ने गरिएको छ ।
विशेषगरी सिरुवा पर्वमा ठाकुरविसरी, ठाकुरब्रहमाणी, बीसहरी, कालीदेवीको पूजाआजा गरिन्छ । नेपालबाहेक भारतको आसाम, मेघालय, पश्चिम बङ्गाल, कोचबिहारमा समेत यो पर्व मनाइन्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here