जीवन चक्र समाजले गर्यो सचेतना कार्यक्रम

0
281

दमक/ नयाँ वर्ष–२०७५ को अवसर पारेर दमकको जीवन चक्र समाज नेपालले शुभकामना आदान प्रदानसहित सडक दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया सम्पन्न गरेको छ ।
दमकको मुख्य चौकमा शनिवार बिहान एक कार्यक्रम गरि संस्थाले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै सडक दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक अन्तरकृया सम्पन्न गरेको हो ।

शुभकामना कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, दमक बहुमुखी क्याम्पसका प्रमुख उत्तम भट्टराई, पाथवे नेपालकी निरु चौधरी लगायतले सडक दुर्घटना न्यूनीकरणमा सवैको दायित्व आबश्यक रहेको बताएका छन् ।
सो कार्यक्रममा संस्थाले सडक दुर्घटना न्यूनीकरण सम्बन्धी चेतनामूलक पर्चा वितरण गरिएको थियो । त्यस अवसरमा एशियन लाइफ इन्स्योरेन्स दमक शाखाले ती पर्चासहित संस्थाका स्वमसेवीहरुलाई १५ थान टि–सर्ट समेत उपलब्ध गराएको जीवनचक्र समाजका अध्यक्ष गणेश गौतमले जानकारी दिए ।

कार्यक्रममा इलाका ट्राफिक प्रहरी कार्यालय दमकको समन्वयमा संस्थाले राजमार्गमा गुड्ने सवारी साधनहरुलाई रोकेर सडक दुर्घटनाका उपायहरुका बारेमा अभिमुखीकरण समेत गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here