आयोजकलाई टाइब्रेकरमा पाखा लगाउँदै मोरङ्ग युनाइटेड पाँचौ रवि गोल्डकपको सेमिफाइनलमा

0
300

पाँचथर/ आयोजक राइजिङ्ग स्टार स्पोर्टिङ्ग क्लबलाई टाइब्रेकरमा पाखा लगाउँदै मोरङ्ग युनाइटेड पाँचथरको रविमा जारी पाँचौ अन्तराष्ट्रिय आमन्त्रित मिक्लाजुङ रवि गोल्डकप फुट्बल प्रतियोगिताको सेमिफाइन प्रबेश गरेको छ ।

निर्धारित ७० मिनेट सम्म गोल रहित बराबरी भएपछि भएको टाइब्रेकरमा मोरङ्गले चार दुईले बाजी मारेको हो । निक्कै नै प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले पाएका दर्जनौ अबसरलाई खेर फालेका थिए ।
विजयी टिमका लागि सरोज कार्की, प्रबेश गुरुङ्ग, सुबास तामाङ्ग र कप्तान संतोष न्यौपानेले गोल गरे ।

उसका अभिषेक लिम्बुको प्रहार भने आयोजकका गोलकिपर सुमित शाहाले विफल बनाएका थिए । उता पराजित आयोजकका तर्फबाट भने मेहेरमान खबास र सुशान्त कार्कीको प्रहारले मात्र जाली चुमेको थियो । आयोजकका कप्तान सुदिल राई र निशान राईको प्रहार मोरङ्गका गोलकिपर योगेश प्रसाइले विफल बनाएका थिए । खेलको म्यान अफ दि म्याच आयोजकका श्रृजित कार्की घोषित भए ।

जितसँगै मोरङ्गले अन्तिम दुई प्रबेशका लागि डिफेण्डिङ्ग च्याम्पियन बिबिएफसी झापासँगको भेट पक्का गरेको छ । भोलि अन्तिम चार प्रबेशका लागि राजारानी धनकुटा र पुर्व क्षेत्रिय प्रहरी विराटनगर विच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो तीन बजेबाट शुरु हुनेछ ।

प्रतियोगिताको विजेताले नगद दुई लाख तथा उप विजेताले एक लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपाल र भारतका गरि आठ टिमको सहभागिता रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here