श्‍वेतपत्र हैन कम्युनिस्टहरूको लालपत्र : विश्वप्रकाश शर्मा

0
196

काठमाडौं / नेपाली कांग्रेसले सरकारले जारी गरेको श्वेतपत्रले देशको आर्थिक अवस्थालाई नकरात्‍मब रूपमा प्रस्तुत गरेर जनतामा निराशा दिएको बताएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले जारी गरेको सरकारको श्वेतपत्र नभएर कम्युनिस्टहरूको ‘लालपत्र’ भएको नेपाली कांग्रेसको भनाइ छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर श्वेतपत्रबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका हुन्।

उनले देशले राजनीतिक स्थायित्व प्राप्त गरेको बेला अर्थमन्त्रीले आर्थिक तथ्यांकहरूको तोडमोड गरेर देशको वर्तमान अर्थतन्त्रबारे गलत सन्देश दिएको बताए। उनले विगतमा सरकारले आर्थिक क्षेत्रमा गरेका राम्रा कामलाई नदेखाएको र तथ्यांकहरूलाई अतिरञ्जनापूर्ण ढंगबाट प्रस्तुत गरेको बताए।

६ प्रतिशतको आर्थिक वृद्धिदर भइरहेको बेला बनेको सरकारले विगतलाई नराम्रो देख्ने र अब हुने आर्थक वृद्धि आफूले मात्रै गरेको देखाउन खोजेको प्रवक्ता शर्माको भनाइ थियो। उनले भने, ‘इतिहास आजबाट सुरु हुन्छ भन्ने प्रवृति हो यो।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here