चट्याङ लागेर तीनको मृत्यु

0
180

खोटाङ/ चट्याङ लागेर खोटाङको छुट्टाछुट्टै ठाउँमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको हो भने उनका पति प्रेमबहादुर खत्री घाइते भएका छन् ।
घरैमा बसिरहेका अवस्थामा बुधबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर बेहोस बनेका दाहाललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको स्थानीय गंगाबहादुर विश्वकर्माले जानकारी दिए । यस्तै, घरपरिवारलाई खाजा पकाउँदै गरेकी खत्रीको भान्छा कोठामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।
घाइते प्रेम बहादुरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुवैजनाको घरैमा परेको चट्याङले अन्य क्षति भने नगरेको स्थानीयले बताएका छन् । यस्तै उदयपुरको कटारीमा चट्याङले जलसरी राई, सीता राई, सबिना राई, खेतबहादुर सुनुवार, तारा कार्की र हीरामाया जोगको मृत्यु भएको छ । उता, भोजपुरको पौवादुम्मा गाउँपालिका ५ मा परेको चट्याङले तारा घिमिरे, घाइते भएकी छन् । वर्षासँगै परेको चट्याङ लागेर खोटाङमा दुईजनाको मृत्यु भएको छ । प्रदेश १ का अन्य जिल्लामा चट्याङले ११ जना घाइते भएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here