कालसर्प योगका नाममा ज्योतिषीले ठगेको खुलासा

0
229

२२ चैत, बुटवल/ ज्योतिष अगुवाहरु कालसर्प योगका नाममा सर्वसाधारणहरु अत्यधिक मात्रामा ठगिएको भन्दै यसको भ्रममा नपर्न सुझाव दिएका छन् ।
नेपाल ज्योतिष परिषदले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा ज्योतिष अगुवाहरुले ज्योतिषका नाममा केही व्यक्तिले कालसर्प योगलाई भजाएर ठगी खाने माध्यम बनाएकाले भ्रममा नपर्न आग्रह गरे ।

‘कालसर्प योगका नाममा सर्वसाधारणहरु ठगिंदै आएका छन्,ज्योषित शाष्त्रमा कालसर्पयोग कही कतै उल्लेख छैन’–ज्योतिष शाष्त्रका विज्ञ प्राध्यापक कृष्ण अधिकारीले भने–‘यो अशाष्त्रीय कुरा हो,ज्योतिषका नाममा ठगी खानेहरुले फैलाएको भ्रम मात्रै हो ।’

ज्योतिष अगुवाहरुले सरकारले वैदिक सनातन र हिन्दु धर्मका अनुयायीहरुको आस्थामा चोट पर्ने गरी घटस्थापना,रामनवमी, श्रीकृष्ण जन्माष्टमी लगायतका पर्वमा विदा कटौती गरेर गल्ती गरेको दोहोर्‍याए ।

सरकारलाई विदा कटौतिको निर्णय सच्चाउन ज्ञापनपत्र दिइसकेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले पत्रकार सम्मेलनमा बताए ।

नेपाल ज्योतिष परिषदले भोलि बुटवलमा राष्ट्रिय ज्योतिष सम्मेलन गर्दै छ । सम्मेलनमा ज्योतिष शाष्त्र विहीत मुहुर्तको महत्व र मृत्यु संस्कारमा विकृति विषयक कार्यपत्र, गोचरफल र यसको उपादेयता,वास्तु र ज्योतिष सम्बन्धमा क्रमशः प्रा.डा.रामचन्द्र गौतम,प्रा. कृष्ण अधिकारी,वास्तुविद् डा. माधवलाल जोशी, र डा. अर्जुन भट्टराईले कार्यपत्र प्रस्तुत गर्नेछन् ।सम्मेलनमा देशका ६१ जिल्लाबाट करिब तीन सय ज्योतिष अगुवाहरु सहभागी हुने नेपाल ज्योतिष परिषद ५ नंं प्रदेश संयोजक जनार्दन न्यौपानेले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here