खोलामा डुबेर दुई किशोरको मृत्यु

0
218

संखुवासभा/ सिलिचोङ गाँउपालिका–१ मा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ। सोही वडाको रियाम्मा गाउँका १४ वर्षीय छोरा धर्मेन्द्र राई र १३ वर्षीय बालकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरबाट घाँस काट्न भन्दै गएका दुवै जनाको काईकोखोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

उनीहरु साँझसम्म पनि घर नफर्किएपछि खोजी गर्दा खोलामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here