एमाले–माओवादी एकताः दुवै कार्यदलले बुझाए प्रतिवेदन

0
155

काठमाडौँः नेकपा एमाले र नेकपा माओावदी केन्द्रबीच एकताका लागि बनाइएका दुई कार्यदलले मंगलबार आफ्नो प्रतिवेदन शीर्ष नेतालाई बुझाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकता संयोजन समितिको बैठक बस्नुअघि दुवै कार्यदलले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएका हुन् ।

दुई दलको एकताका लागि एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन र माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा अन्तरिम विधान बनाउन कार्यदल बनाइएको थियो ।

कार्यदलमा तयार भएको मस्यौदामा आइतबार सदस्यले सुझाव दिएको कार्यदलका सदस्य तथा एमाले नेता सुवास नेम्बाङले जानकारी दिए । तर, दुई दलले एकताका लागि धेरै कुरा मिलाउन बाँकी रहेको अवस्थामा प्रतिवेदन बुझाएका ुहन् ।

दुई पार्टीबीच सबैभन्दा जटिल नेता व्यवस्थापन देखिएको छ । स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा पर्ने नेताको भागबन्डामा सहमति जुट्न सकेको छैन ।

एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनात्मक ढाँचा निर्माण कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी समिति बनाउने गरी प्रस्ताव तयार पारेको छ।

तर त्यसअनुसार केन्द्रीय समितिदेखि स्थायी समितिसम्म दुई पक्षका नेताहरूको व्यवस्थापन मिलाउन दुवै पार्टी अध्यक्षसामु चुनौती देखिएको छ ।

त्यसैगरी नयाँ पार्टीको चुनाव चिन्हमा पनि विवाद छ । एमालेले सूर्यलाई यथावत राख्न भनेको छ भने माओवादीले सूय्र्भित्र हँसिया हथौडा घुसाउनुपर्ने अडान लिएको छ । दुई पार्टीबीच जनयुद्ध शब्दलाई लिएर पनि विवाद छ ।

प्रधानमन्त्री केपी शर्मा ओली यही २३ गते भारतको तीन दिने भ्रमणमा जाँदैछन् । ओली फर्केपछि वैशाखमा एकता गर्ने कोशिश पनि भइरहेको छ । त्यसैका लागि मंगलबार दुई पार्टीको एकताका लागि एकता संयोजन समिति बैठक बालुवाटारमा बसेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here