पाथीभरामा सत्रुगतेले दोस्रो हप्ताको सफलता पाउँदै

0
249

दमक/ बरिष्ठ हाँस्यकलाकार मह अर्थात मदकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले स्थापना गरेको महसंचारले ११ वर्षपछि निर्माण गरेको चलचित्र सत्रुगतेले दास्रो हप्ताको सफलता हात पारेको छ ।
महसंचारले अर्का बरिष्ठ हाँस्यकलाकार किरण केसीको प्रस्तुतिमा ‘सत्रुगते’ नामक चलचित्र निर्माण गरेको थियो ।

प्रदीप भट्टराईको निर्देशन तथा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कशांकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेलको निर्माणमा चलचित्र बन्न लागेको हो । प्रदीपले यस अगाडि ‘जात्रा’ चलचित्र बनाएका थिए ।

चलचित्रमा बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण आचार्य, हरिबंश आचार्य, दीपाश्री निरौला, प्रियंका कार्की, शिवहरी पौड्याल, पल शाह, आँचल शर्मा, किरण केसी लगायत कलाकारको अभिनय रहेको छ ।

हरिवंश आचार्यको कथा तथा दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा रहेको चलचित्रमा दीर्घ गुरुंगको छायांकन, कविराज गहतराजको नृत्य तथा राजनराज सिवाकोटीको गीत संगीत रहेको यो चलचित्र धेरैले रुचाएको दमक पाथिभरा चलचित्र हलका प्रवन्धक चैतन्य बरालले बताए । गत ९ चैत्रमा चलचित्र प्रदर्शनभएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here