जनताप्रति उत्तरदायी बन्न नसकेको भन्दै गौरादह नगरपालिका घेराउ

0
620

गौरादह/ झापाको गौरादह नगरपालिकाले सेवा प्रवाह चुस्त दुरुस्त नगरेको भन्दै स्थानीयले नगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।
नगरपालिकाको कार्यसम्पादन प्रभावकारी नभएको भन्दै आएका स्थानीयले नगरपालिकाको कार्यालय घेराउ गरेका हुन् । कार्यालय घेराउ गरिएपछि सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ । नगरपालिकाले प्रवाह गर्ने सवै प्रकारका सेवा सुविधाहरु जन उत्तरदायि बन्न नसकेको भन्दै नगरवासीले गुनासो गरेका छन् । असन्तुष्ट पक्षले गौरादह नगर प्रमुख रोहित शाहलाई भेटी कार्यालयको काममा भईरहेको ढिलासुस्तीको कारण खोजेका थिए । नगर प्रमुख शाहले कार्यपालिकाको बैठक बोलाएर समस्या समाधानको पहल थाल्ने आश्वासन दिएको छन् ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत रहेका स्थानीय राजकुमार दाहालले नगरपालिकको सेवा सुविधाप्रति चित्त बुभ्mदो नभएकाले जनप्रतिनिधिहरुलाइ खबरदारी गरिएको बताए । नगरवासीहरुले स्थानीय सरकार जन उत्तरदायी बन्न नसकेको गुनासो थियो । दाहालले भने, –‘ स्थानीय सरकार बनेको ९ महिना वितिसक्दा पनि नगरपालिकाको काम कारवाही जनमुखी हुन सकेको छैन् ।उनले स्थानीय सरकारले सर्वसाधारणहरुको समस्या प्रति जनप्रतिनिधिहरु जनउत्तरदायी बन्न नसकेको गुनासो राखेका थिए ।
घरनक्साको कार्यविधि बनाउने
झापाको गौरादह नगरपालिकाले घर नक्सा पासमा नयाँ कार्यबिधि बनाउने भएको छ । नगरपालिका भित्र नयाँ घर निर्माण गर्नका लागि कार्यबिधि बनाउने भएको हो । नक्सापास गर्न आउँदा धेरै समय लागेको भन्दै नागरिकहरुको गुनासो बढेपछि नगरपालिकाले कार्यबिधि बनाएर नागरिकका काम चाडै गर्ने व्यवस्था मिलाउने नगरपालिकाका प्रवक्ता वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए ।
नगरपालिकाका नयाँ नियम र ऐन बनाउनको लागि प्रदेशको निर्देशन पर्खेर बस्दा केहि ढिलाई भएको भन्दै नगर प्रमुख रोहित कुमार शाहले अब भोलि प्रदेशले नियम बनाएमा बाझिएका नियम संसोधन गर्ने गरी कार्यबिधि बनाउन लागेको बताए । आफुहरु नागरिकका हरेक समस्या तत्कालै सम्बोधन गर्न लागि परेको भन्दै नगर प्रमुख शाहले भने,–‘ नयाँ नगरपालिका भएकाले धेरै नियम, कानुन बनाउनु पर्ने र जनशक्ति समेत थोरै भएकाले केहि ढिलाई हुन पुगेको छ ।’
तर अब प्रदेशको नियम संग बाझिने खालका नियमलाई भोलि संसोधन गर्ने गरी स्थानीय सरकारलाई आवश्यक सबै नियम कानुन बनाउन लागिएको नगर प्रमुख शाहले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here