खुकुरी प्रहारवाट घाईते

0
205

मोरङ/ खुकुरी प्रहारबाट मोरङको पथरीमा दुई जना घाइते भएका छन् । पथरीशनिश्चरे नगरपालिका १ मा १९ बर्षिय अशोक बराईलीले मादक पदार्थ सेवन गरी आफ्नै १४ बर्षिय भाइ नबिन बराईलीलाई खुकुरी प्रहार गरेका हुन् ।

शुक्रवार बेलुका ८ सामान्य विवाद पश्चात खुकुरी प्रहारबाट हातमा चोट लागेका नबिनको पथरी अस्पतालमा उपचार भरहेको छ भने खुकुरी प्रहार गर्ने दाजुलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।
यस्तै पथरीशनिश्चरे नगरपालिका २ बाँसघारी टोल बस्ने १९ बर्षिय हाङसुहाङ लिम्बु समेत खुकुरी प्रहारबाट घाइते भएका छन् । उनलाई उर्लाबारी नगरपालिका ३ बस्ने २२ बर्षिय प्रल्हाद लिम्बुले शुक्रवार बेलुका ९ बजे सामान्य बिबाद हुँदा खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट शरिरको विभिन्न भागमा चोट लागेका लिम्बुको मंगलबारे अस्पताल मंगलबारेमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने प्रल्हाद इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here