गुडिरहेको बसको चक्का खुस्केर लाग्दा बृद्धाको मृत्यु

0
302

दमक/ गुडिरहेको बसको चक्का खुस्किएर पुनः चक्काले ठोकिक्दा दमकमा आइतबार एक पैदलयात्री बृद्धाको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्गको पशुहाट सडक खण्डमा को १ ख ५४३६ नम्बरको बस बिहान कलेजको विद्यार्थीलाई लिन जानेक्रममा अचानक चक्का खुस्किएर पुनः त्यहि चक्काले ठक्कर दिदाँ दमक–८ की ७१ की हरिमाया पाण्डेको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घरदेखि दुई किलो मिटर दुरीमा रहेको लाइफलाइन अस्पतालमा विरामी हेर्न दम्पत्ती पाण्डे जादैगर्दा ती बृद्धालाई बाटोमा अचानक गुडिरहेको बसको चक्काले फुत्किएर ठक्कर दिएको थियो । ठक्कर पछि बृद्धाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
इप्रका दमकका प्रहरी निरीक्षक बुद्धि चम्लागाईका अनुसार पूर्वबाट पश्चिमतर्फ कुदिरहेको बसको पछाडि पट्टिको चक्का अचानक फुस्किएर दुर्घटना भएको थियो । यसरी फुस्किएको चक्का गुड्दै गएर पाण्डेलाई पछाडिबाट लागेको थियो । चक्काले लागेपछि राजमार्गमा लड्ेका उनलाई पुनःचक्का आफै घुमेर आएर फेरी ठोक्किदाँ बृद्धाको ज्यान गएको प्रनि चम्लागाईले बताएका छन् । प्रहरीले बसको चालक र बसलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here