शेर्पाले गरे श्रीमतीको हत्या

0
171

झापा/ काठको मुडाले टाउकोमा प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। गौरीगन्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार आइतबार बेलुका सात बजेतिर घरायसी विवाद बढेपछि पासाङले श्रीमतीलाई कुटपिट गर्दै काठको मुडाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

घाइते निमाथोकीको उपचारको क्रममा दमकस्थित लाइफ लाइन अस्पतालमा राति नौ बजे मृत्यु भएको हो। पासाङलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here