सुनसरीमा आगलागी ३५ लाख बढीको क्षति

0
301

सुनसरी/ सुनसरीको कोसी गाउँपालिका–६ स्थित श्रीपुरमा भएको आगलागी ढेड घण्टापछि नियन्त्रणमा आएको छ। आइतबार मध्यान्ह साढे १२ बजेदेखि लागेको आगो दिउँसो २ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। आगलागीमा १५ परिवारका २० भन्दा बढी घर जलेर नष्ट भएका छन्।

भारतीय र सुनसरीको इनरुवा र इटहरीको दमकलको सहयोगमा स्थानीयले डेढ घण्टामा आगो नियन्त्रणमा लिएका हुन्। आगलागीले ३५ लाख बढी क्षतिको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए। गहुँ थ्रेसर गर्ने क्रममा आगलागी सुरु भएको बताइएको छ।

आगलागीमा थ्रेसर बोक्ने ट्याक्टर चालक मनोज साह घाइते भएका छन्। आगलागी भएको स्थान भारतीय सीमावर्ती क्षेत्रमा पर्दछ। आगलागीबाट मानवीय क्षति नभए पनि अन्नपात लत्ताकपडा सवै जलेका कारण पीडितको विचल्ली भएको छ।

दुई साताअघि पनि सुनसरीको बाहृक्षेत्र नगरपालिका– ११ स्थित मधुवनको सरदार बस्तीमा भएको आगलागीले बस्ती नै सखाप भएको थियो। आगलागीमा ५० परिवारका ७० घर नष्ट भएका थिए।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here