दमक– रवि सडक कालोपत्रे गर्ने योजना प्रदेश सरकारले लिने

0
881

दमक/ प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा योजना मन्त्री ईन्द्र आङवोले प्रदेशको बिकासको लागि अब बजेटको समस्या नहुने बताएका छन् ।

 

दमक– रवि चिसापानी सडक फाल्गुनन्द मार्गमा निर्माणाधिन दुई वटा पुलको शनिवार शिलान्यास गर्दै मन्त्री आङवोले यस अघिको बजेटको लागि केन्द्र धाउनु पर्ने बाँध्यता अब हटेको भन्दै प्रदेशको बिकासमा बजेटको अभाव हुन नदिने दावी गरे । उनले कालोपत्रेको योजना प्रदेश सरकारले ल्याउने बताएका छन् ।

ईलामको माङसेवुङ गाउँपालिकास्थित बागमारा र घर्तिखोल पुलको शिलान्यास गर्दै मन्त्री आङवोले फाल्गुनन्द सडकलाई आगामी अढाई बर्ष भित्रमा कालोपत्रै गरिसक्ने दाबी गरे । आफुले निर्वाचनको समयमा मत माग्दा अर्को चुनावमा आउँदा पिच बाटोमा आउँछु भन्ने प्रतिबद्धता गरेको भन्दै मन्त्री आङवोले अर्को चुनाव आउनु भन्दा अघिनै यस सडकलाई पिच गर्ने बताए । उनले भने,–‘ कालोपत्रेको कामले पूर्णता पाउछ, यसमा ढुक्क हुनुहोस ।’
कार्यक्रममा संघिय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले बिकासमा राजनीति नगरे सरकारसंग सहकार्य गर्न आफुहरु पनि तयार रहेको बताईन् ।

फाल्गुनन्द मार्ग निर्माणमा केन्द्रीय सरकारको तर्फबाट पनि बजेट बिनियोजनमा आफुले पहल गर्ने सांसद सुब्बाले जोड दिइन् ।
फाल्गुनन्द मार्गको खोला क्षेत्रमा निर्माणाधिन पुल निर्माण सम्पन्न भैसकेपछि दमकबाट जाँदा कुनै अवरोध नहुने सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी गगनले बताए । उनका अनुसार आगामी १८ महिना भित्रमा दुवै वटा पुल निर्माण गरिसक्नु पर्ने गरी ईलामको गजुरमुखी भगवती जेभिलाई ठेक्का संझौता गरिएको छ । उक्त सडकको केहि महिना अघि पूर्ण रुपमा ट्रयाक खुलिसकेको छ । ट्रर्याक खुलेसंगै पहिलाको जस्तो खोलाबाट हिँड्नु पर्ने बाध्यता हटेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here