बलात्कार गरेको आरोपमा झापामा दुई जना पक्राउ

0
249

झापा/  झापा प्रहरीले जबर्जस्ती करणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। छुट्टाछुट्टै घटनामा संलग्न आरोपी दुईलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार चैत १२ गते बिर्तामोड नगरपालिका– ३ सूर्यनगर टोलस्थित पदम खड्काको मकैबारीमा बिर्तामोड– ९ निवासी अरुण भन्ने बनुवारी राजव‌ंशीले १८ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको पीडितका परिवारले प्रहरीमा उजुरी दिएपछि पक्राउ गरेको हो।

पक्राउ परेका राजवंशीले ती महिलालाई विवाहको वहानामा मकैबारी बोलाएर हातमुख बाँधेर जबर्जस्ती करणी गरेका थिए। राजवंशीलाई झापा जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।

त्यसैगरी चैत १४ गते बिर्तामोड– ३ स्थित ३० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा उनका जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ। महिलाले दिएको उजुरीको आधारमा जेठाजु राजवंशीलाई पक्राउ गरिएको हो। राजवंशीलेलाई अदालतबाट जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here