एसएल शर्मा सृजनशील पत्रकारिता पुरस्कार सुब्बालाई, पार्वतादेवी प्रोत्साहन पुरस्कार पौडेललाइ

0
321

दमक/ प्रेस स्वतन्त्रता सेनानी एसएल शर्माको स्मृतिमा स्थापित एसएल शर्मा सृजनशील पत्रकारिता पुरस्कारवाट दमकका पत्रकार विष्णु सुब्बा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवसका अवसर पारेर शुक्रवार विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच पत्रकार सुब्बा पुरस्कृत भएका हुन् ।

पत्रकार सुब्बा झापा पोष्ट दैनिकसंग आवद्ध छन् । पत्रकारिता क्षेत्रमा योगदान पुर्याँएवापत उनलाई नगद,सम्मान सहित पुरस्कृत गरिएको हो ।
पुरस्कारको राशी नगद २१ हजारसहित सम्मान पत्र रहेको छ । सो सम्मान प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले हस्तान्तरण गरेका थिए । सो पुरस्कार विगत २०६२ सालदेखि पत्रकार महासंघ झापा शाखाले वितरण गरिआएको छ ।यसैगरि एलएल शर्माकी धर्मपत्नी पार्वतादेवी प्रोत्साहन पुरस्कारबाट पत्रकार मुक्ति पौडेलकी श्रीमती मेनुका भण्डारी पौडेललाई प्रदान गरियो । सो पुरस्कारको राशी नगद ११ हजार,सम्मान पत्र रहेको छ । सो प्रोत्साहन पुरस्कार पत्रकारका श्रीमतीलाई २०६५ सालदेखि प्रदान गरिदैआएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here