जान्‍नुहोस, यी फलफूलका फाइदा

0
262

तरबुज

यसमा भिटामिन ए, बी, सीसँगै मिनरल्सको मात्रा पर्याप्त हुन्छ। जसका कारण डिहाइड्रेशन, हाइपरटेन्सन र एसिडटीजस्ता समस्याबाट बच्न सकिन्छ। यसको सेवनबाट हृदयघात, क्यान्सर, किड्नी, आँखा तथा छालाको समस्याबाट बच्न सकिन्छ।

सुन्तला

यसमा भिटामिन–सी, पोटाशियम र म्याग्निशियमको मात्रा भरपुर हुन्छ। यसको सेवनबाट डिहाइड्रेशन तथा छालाको समस्याबाट बच्न सकिन्छ। तर डायबिटिज र एसिडटीका बिरामीहरुले भने यसको सेवन कम गर्नुपर्छ।

खरबुजा

यसमा ९५ प्रतिशत पानीसँगै भिटानि र मिनरल्स हुन्छ। खरबुजाको सेवनबाट पाचनशक्ती बढ्छ। गर्मीमा यसको सेवन गर्नाले डिहाइड्रेशनको समस्याबाट बच्न सकिन्छ। क्यान्सर, हृदयघात, किड्नी तथा छालाको समस्याबाट ग्रसित हुनेहरुका लागि यसको सेवन गर्नु राम्रो हुन्छ। लिची यसमा भिटामिन, सुगर, साइट्रिक एसिड, टार्टरिक एसिड र मिनरल्स पर्याप्त मात्रामा छ । यसको सेवनबाट डिहाइड्रेशन र पेटको समस्या नियन्त्रण गर्न सकिन्छ। तर दिनबाट १० वा ११ वटाभन्दा बढी लिची खानु स्वास्थ्यका लागि राम्रो हुदैँन।

आँप

यसमा फाइबर, पोटाशियम, आइरन, बिटा, केरोटीन, भिटामिन–ए र सी पाइन्छ। यसलाई ठन्डा गरेर खादाँ शरिर ठन्डा रहन्छ। तर डायबिटिजका बिरामीहरुले आँप खान हुदैँन।

अंगूर

यसमा भिटामिन सी, आइरन, ग्लूकोज, साइट्रिक एसिड र म्याग्नेसियम पर्याप्त मात्रामा पाइन्छ । यसमा रहेको मिनरल्सले डिहाइड्रेशनबाट बचाउँछ । क्यान्सर, डायबिटिज, टिभी र अन्य रगतका इन्फेक्शनबाट बच्नका लागि अगुंर सेवन गर्नु राम्रो हुन्छ।

भुँइकटहर

यसमा भिटामिन ए, सी र फाइबर, पोटासियम, फोस्फोरस तथा क्याल्सियम पर्याप्त मात्रामा पाइन्छ। यसले शरिरमा पानीको कमी हुन दिदैँन। क्यान्सर, हृदयघात लगायतका समस्याबाट यसले जोगाउँछ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here