उर्लावारीमा ‘मदन भण्डारी संग्रहालय’को उद्घाटन

0
303
tl:a/ SofK;g M -df]/ªsf] pnf{af/df lgdf{0f ul/Psf] dbg e08f/L ;+u|xfnodf /flvPsf dbg e08f/Lsf] 3/df k|of]u ul/Psf ef8fjt{g_ tl:a/ M ch'{g /fhj+zL÷sflGtk'/

उर्लावारी/  मदन भण्डारी दासढुङ्गा दुर्घटनाको तत्थ्य अहिलेसम्मका सरकारले ल्याउन नसकेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दासढुंगा दुर्घटनाको सत्यतथ्य अझैसम्म खुल्न नसक्नु दुखद् भएको बताएकी छन् । उनले उक्त दुर्घटनाले समृद्ध मुलुक निर्माणको नेतृत्वकर्ता मदन भण्डारीको अल्पायुमै निधन भएको बताइन् ।
मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मंगलबारेमा निर्मित ‘मदन भण्डारी संग्रहालय’को शुक्रबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मदनको निधन भए पनि उनैको सिद्धान्तबाट मुलुक अघि बढिरहेको दाबी गरिन् । उनले लिखित मन्तव्य दिँदै भनिन्, ‘यतिबेला हामी सुख र दुःख दुवै क्षणमा उपस्थित छौं । मदनको नाममा संग्रहालय बनेको छ । यसले खुसी अनुभूत भइरहेको छ । तर, अकल्पनीय दासढुंगा दुर्घटनाको सत्यतथ्य अहिलेसम्म सार्वजनिक हुन नसक्नुमा दुःख लागिरहेको छ । जुन दुर्घटनामा हामीले एक चर्चित सिद्धान्तकार, कुशल नेतृत्वकर्तालाई युवास्थामै गुमाएका थियौं ।’

राष्ट्रपति भण्डारीले ०४६ को आन्दोलनपछि वामपन्थी आन्दोलनलाई लोकतान्त्रिक बनाउने कार्यमा मदन भण्डारीले महत्वपूर्ण र ऐतिहासिक नेतृत्व गरेको बताइन् । मदनले त्यसैको बलमा जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्त प्रतिपादन गरेको उनले बताइन । ‘मदनकै सिद्धान्तले मार्गनिर्देश गरेको बाटोबाट अहिले देश अघि बढिरहेको छ । समृद्ध नेपाल बनाउने उहाँको परिकल्पनालाई हामी सबैले मिलेर पूरा गर्नुपर्ने जिम्मेवारी छ’ भण्डारीले भनिन् ।
राष्ट्रपतिले खुल्ला राजनीतिमा ३ वर्षमात्रै बिताए पनि मदन भण्डारीको ख्याति र कार्यकुशलता अभूतपूर्ण रहेको बताइन् । उनले मदन भण्डारी संग्रहालय राजनीतिज्ञ, खोज तथा अनुसन्धानकर्ताको लागि महत्वपूर्ण स्थल बन्नेमा आफू विश्वस्त रहेको बताइन् । उनले संग्रहालयको संरक्षण तथा सम्वद्र्धनमा राष्ट्रको ध्यान जानुपर्नेमा जोड दिइन् । उनले मुलुकभित्रका सम्पूर्ण संग्रहालय राष्ट्रको साझा सम्पत्ति भएकोले यसको पहिचानलाई कायमै राखी टुटफुट हुन नदिन आग्रह समेत गरिन् । राष्ट्रपति भण्डारीले संग्रहालयको उद्घाटनअघि संग्रहालय परिसरमा रहेको मदन भण्डारीको पूर्णकदको सालिकमा पुष्पगुच्छा अर्पण गरेकी थिइन् ।

०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा ज्यान गुमाएका एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जीवनीमा आधारित संग्रहालय निर्माण गरिएको छ । उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले संग्रहालय निर्माण गरेको हो । प्रतिष्ठानको २ बिघा जमिनमा १० वर्ष लगाएर संग्रहालय निर्माण गरिएको छ । तीन तलाको संग्रहालय भवनमा १६ वटा कक्ष निर्माण गरिएका छन् । जहाँ मदनको ताप्लेजुङ्गको ढुङ्गेसाँघुस्थित जन्म घर, बसाइँ आएपछि मोरङको इटहरास्थित घर र राजनीतिक जीवनका क्रममा राजधानीमा लिएको डेरालाई संग्रहालयमा दुरुस्तै उतारिएको छ ।

संग्रहालयमा मदनको आरम्भिक जीवन र शिक्षादेखि कम्युनिष्ट आन्दोलनका भूमिगत गतिविधि, राजनीतिक विकास क्रमका जानकारीहरु, उनका वैचारिक र सैद्धान्तिक विचारहरु एवं व्यक्तिगत जीवनसंग सम्बन्धित विभिन्न घटनाहरुलाई पूर्ण जानकारीसहित राखिएका छन् । संग्रहालयको बाह्य कक्षमा दासढुङ्गा दुर्घटनामा परेको बा अ च ८७९३ नम्बरको जीपलाई पनि राखिएको छ । तीन करोड लागतमा निर्माण सम्पन्न भएको संग्रहालय सर्वसाधारणका लागि चैत १८ गतेदेखि खुल्ला गरिने प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले जानकारी दिए ।

संग्रहालय उद्घाटन कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आर्थिक रुपमा समृद्ध नभएसम्म मदन भण्डारीको सपना पूरा नहुने बताए । उनले यसका लागि वर्तमान सरकार लागिरहेको बताए । हेलिकप्टरमार्फत उर्लाबारी ओर्लिएकी राष्ट्रपति भण्डारीलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेशमन्त्रीहरुले स्वागत गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here