ट्राफिक कार्यालयको भवन अन्तिम चरणमा

0
226

गौरादह / अब गौरादह ट्राफिक प्रहरीले आप्mनै भवनबाट काम कार्वाही गर्ने भएको छ । भवनको निर्माण कार्य अन्तिमा चरणमा पुगेकोले अफिस नयाँ भवनमा सार्ने तयारी भइरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गौरादह १ गणेश मन्दिर संगै निर्माणाधिन अवस्थामा रहेको ४ कोठे भवनको बुधवार छत ढलान कार्य सम्पन्न भएको हो
भवन निर्माणकार्यको अवलोकन सहित गौरादहको ट्राफिक अवस्था बारे जानकारी लिन क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरिक्षक राजकुमार लम्साल तथा प्रहरी नायव उपरिक्षक अबिचन्द्र रिजालद्धारा निरिक्षण गरिएको इलाका ट्राफिक प्रहरी कार्यालय गौरादहले जनाएको छ ।
प्रहरी उपरिक्षकको विषेश उपस्थिती पारेर गौरादहका इ–रिक्सा व्यवसायीहरुले ट्राफिक भवन निर्माणकार्यलाई सहयोग होस भन्ने उद्देश्यले नगद रु २० हजार ५ रुपैँया बराबरको चेक ट्राफिक भवन निर्मााण समितिलाई हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरण गर्दै इ–रिक्सा व्यवसायिहरुले आफुहरुले प्रदान गरेको सहयोग रकम सानो भएता पनि गौरादहमा ट्राफिक भवन निर्माणको लागि ट्राफिक प्रहरी द्धारा निकै ठूलो संघर्ष गरिरहेको परिस्थितीमा इ–रिक्सा व्यवसायीहरु चुपलागेर बस्न नसक्ने बताए ।
“ ट्राफिक भवन निर्माण गर्नको लागि समाजसेवी रत्न बहादुर श्रेष्ठले जग्गा प्रदान गर्नु भयो, धेरै जनाले आर्थिक सहयोग गरिरहनु भएको छ, ग्रामिण क्षेत्रमा सिटी सफारी चलाउने हामी जस्तो सामान्य वर्गको व्यवसायीहरुले आर्थिक सहयोग गरिरहदा दाताहरुमा उर्जा थपियोस र भवन निर्माणले गतिलिन सकोस भन्ने हाम्रो चाहना हो”– सिटी सफारी व्यवसायी डिल्ली काप्mले बताउँछन् ।
“दुर्घटना न्युनिकरण गर्नको लागि २४ घण्टा सडकमा रहने ट्राफिक प्रहरीको लागि भवन आवस्यक छ भन्ने कुरा गौरादह क्षेत्रका सवै वासिन्दाले वुझ्न सक्ने हो भनें ट्राफिक भवन निर्माण गर्न कुनै वोझ हुदैन”– सफारी व्यवसायी कर्ण श्रेष्ठ बताउँछन् ।
ट्राफिक भवन पूर्ण रुपमा जनश्रमबाटनै निर्माण सम्पन्न हुन लागेकोमा प्रहरी उपरिक्षक लम्सालले गौरादहवासीहरुलाई धन्यवाद प्रदान गरे । गौरादहमा कार्यरत ट्राफिक प्रहरीहरु संकर प्रसाद यादव र भोजराज चम्लागाईको अथक प्रयास प्रति क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय जानकार रहेको बताउदै उनले ट्राफिक प्रहरीहरु यादव र चौालगाँईको इमान्दारीता र कर्तव्यनिष्ठता प्रति खुशी व्यक्त गरे । साथै बुधवार सम्पन्न छत ढलान कार्यको सम्पूर्ण खर्च निर्माण ठेकेदारले निशुल्क सहयोग गरेको गोल्डेन सनराइज मा.विका डाइरेक्टर तथा भवन निर्माण समिति संयोजक गणेशकुमार श्रेष्ठले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here